धनुषाका घरविहीन भएकालाई सरकारद्वारा जस्तापाता प्रदान गरिएको छ । सरकारद्वारा असिनापानी र हावाहुरीका कारण मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका घरविहिन भएकालाई जस्तापाता प्रदान गरिएको हो ।
गत वैशाख १२ गते आएको असिनापानी र हावाहुरीले उक्त स्थानीय तहमा पूर्णरूपले क्षतिग्रस्त भएका घर विहीनलाई जिल्ला व्यवस्थापन समितिले जस्तापाता प्रदान गरेको छ ।
पूर्वमन्त्री रघुवीर महासेठ, प्रदेशसभा सदस्य शत्रुधन महतो र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रभावितलाई जस्तापाता वितरण गरेका छन् । प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार २ हजार १४४ प्रभावित घर परिवारलाई जस्तापाता उपलब्ध गराइएको छ ।
तपाईको प्रतिक्रिया !