काठमाडौं १ माघ ।
संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेविसंघले सडकबाट विरोध गरेको छ।
नेविसंघ केन्द्रीय समितिको आयोजनामा विरोध कार्यक्रम आइतबारदेखि नै सुरू गरिएको महामन्त्री दीपक भट्टराईले जानकारी दिए।
नेविसंघले देशैभर प्रधानमन्त्री ओलीको कदमविरूद्ध प्रदर्शन गर्ने पनि उनले जानकारी दिएका छन्।आइतबार प्रदर्शनीमार्गमा नेविसंघले प्रधानमन्त्रीको कदमविरूद्ध प्रदर्शन गरेको थियो।
संसद विघटन गर्ने असंवैधानिक कदम खारेज गर्न नेविसंघले माग गरेको हो।नेविसंघ सभापति राजिव ढुंगानाले सरकारले लोकतान्त्रिक मूल्य र मान्यता तथा संवैधानिक व्यवस्थाकै प्रतिकूल हुने गरी संसद विघटन गरेकोले विरोध गर्नुपरेको बताए।
महामन्त्री बलदेव तिमल्सिनाले विगतको निर्वाचनमा स्थिरताको नारा दिएका प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनदेशको अपमान गरेको उल्लेख गरेका छन्।उनले सरकारको निर्णयको देशैभरबाट प्रतिवाद गरिने बताए।
तपाईको प्रतिक्रिया !