Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

घुमौँ सौराहाको निम्तो दिदै सौरेली जनकपुरमा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 27, 2020
घुमौँ सौराहाको निम्तो दिदै सौरेली जनकपुरमा
175
SHARES
437
VIEWS
Share on FacebookShare on Twitter

चितवन आन्तरीक पर्यटन प्रर्वद्धन गर्न पहिलो पटक घुमौँ सौराहा अभियान सहित देशदौडाहामा निस्कीएको टोली धार्मिक पर्यटकीय केन्द्र जनकपुर पुगेको छ । मुलुकको सातै प्रदेशका मुख्य शहरहरुमा पुगेर सौराहाको भ्रमण निम्ता दिदै हिडेको टोलीले आज यहाँका स्थानिय निकाय, पर्यटन व्यवसायी र पत्रकारसँग अन्र्तक्रिया समेत सम्पन्न गरेको छ । पर्यटकीय गन्तव्य सौराहामा आन्तरीक पर्यटन प्रर्वद्धनका लागि पूर्वी नेपालको धरान र विराटनगरबाट एकैसाथ सुरु गरेको ‘घुमौं सौराहा अभियान अन्र्तगत यहाँ द्धिपक्षिय पर्यटन विकास र प्रर्वद्धनका विषयमा अनुभव साटासाट भएको क्षेत्रिय होटल संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । कोरोनाका कारण थिलोथिलो परेको चितवनको सौराहामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अभियानले सौराहासगैँ मुलुकका पर्यटकीय स्थलमा आन्तरीक पर्यटनको वृद्धिमा ठुलो टेवा पुग्ने सो अवसरमा बोल्ने व्यवसायीहरुले औल्याएका छन् । उनीहरुले विवाह नगरीका रुपमा परिचत जनकपुरको साटो पछिल्लो समयमा वैवाहिक गन्तव्यको रुपमा समेत सौराहाले गरेको पर्यटन प्रर्वद्धनका गतिविधि निकै सफल देखिएकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै धनुष जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव वनरहित यादवले पर्यटन विकास लागि सौराहाले थालेको अभियान सबै लागि उपयोगी भएको बताए । उनले धनुषा र चितवनको पर्यटन गतिविधि आपसमा साटासाट गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले राम सिताको वैवाहिक कार्यक्रम भएको ऐतिहासिक ठाँउ जनकपुरमा वैवाहिक गतिविधि जस्तै सौराहा पनि पछिल्लो समयमा विवाह गर्न जानेको भिड लागेकोमा खुसी व्यक्त गरे । यस्तै जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले पर्यटन विकासमा चितवनले अझै पनि धेरै कुरा सिक्न बाँकी रहेको बताउदै यस्ता खालका अभियानलाई थप प्रभावकारी बनाउने बताए । सोही अवसरमा आन्तरीक पर्यटन आर्कषित गर्ने प्याकेज सहित घुमौं सौराहा अभियान देश दौडाह गर्दै सुरु गरेको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले जानकारी गराए । अभियानका संयोजक एवंम् संघ निर्वतमान अध्यक्ष सुमन घिमिरेका अनुसार झण्डै ८ महिना शुन्यको अवस्था रहे पनि दशैँ तिहार पछि केही मात्रामा पर्यटक यहाँ घुम्न आईरहेकामा हाल बढेर दैनिक १ हजारको हाराहारीमा पर्यटक आएका छन् । उनले यो अभियानसगैँ संख्या बढ्ने र नेपालीको आर्थिक गतिविधि नेपालमै रहदाँ मुुलुकलाई फाईदा पुग्ने विश्वास व्यक्त गरे । यस्तै संघका कोषाध्यक्ष माधव दुवाडीले सौराहा घुम्न आउने पर्यटकलाई होटल र रेष्टुरेन्ट हेरिकन २० देखि ४० प्रतिशत सम्म छुट दिइने घोषण पनि गरे । आन्तरिक पर्यटकबाट मात्रै सौराहाको पर्यटन प्रवद्र्धन हुने भएकाले पहिलो चरणमा ‘घुमौ सौराहा’ अभियानका क्रममा विराटनगर, जनकपुर र विरगंजमा कार्यक्रम गरी सौराहाका बारे जानकारी गराईने संघका कार्यालय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

संघका उपाध्यक्ष अन्जनकुमार पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा, उवासंघ जनकपुरका अध्यक्ष ललितकुमार शाह, विरेन्द्र शाह, दिपेन्द्र पराजुली, विजय कुमार झुनझुनवाला, निर्मल चौधरी लागायतले बोलेका थिए ।

पछिलो समाचार

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार कुन मन्त्रालयमा को को हुन्

अघिल्लो समाचार

हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना सहितको मांग गर्दै राप्रपा जनकपुरधाममा प्रदर्शन

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

39 mins ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

42 mins ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits