शनिवार राजसंस्थाको माग गर्दै काठमाडौं उपत्यका लगायत देशभरमा प्रदर्शन भएको छ । यसै विच संघिय राजधानी काठमाण्डौंमा ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेका थिए ।
पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
तपाईको प्रतिक्रिया !