सर्लाही, असार २०
सर्लाहीको बरहथवा नगरपालिकामा ३१ जनाले रक्तदान गरेको छ । लायन्स क्लब अफ सर्लाही बरहथवाको आयोजना तथा क्लबका अध्यक्ष अमरेन्द्र सिंहको अध्यक्षतामा रक्तदान जिवन दान मुल नाराका साथ बरहथवा लगायत अन्य क्षेत्रका समाजसेवीहरुले रक्तदान गरेको रक्तदान गर्नुभएको युवा समाजसेवी श्याम सुुन्दर सिंह कुशवाहाले जानकारी दिए । बर्तमान समयमा मधेशी मुलका महिलाहरु कुनै पनि समाजिक कार्यमा अग्रणी भुमिका नदेखिए पनि ३१ जना मध्ये उषा कुमारी सिंह र अनिता कुमारी महतो गरी दुई मधेशी मुलकी महिलाले रक्तदान गरेर उदाहरणीय कार्य गरेको लायन्स क्लब अफ सर्लाही बरहथवाका अध्यक्ष अमरेन्द्र सिंहले बताए ।
रक्तदान कार्यक्रममा मिथिला आदर्श युवा क्लव बरहथवा र आकाश दीप युवा क्लब बरहथवाले सहयोगी संस्थाको भुमिका निर्वाह गरेको बरहथवाका सञ्चारकर्मी घनश्याम सिंहले जानकारी दिए ।रक्तदान कार्यक्रममा समाजसेवी कल्पना कटुवाल, माधव कोइराला, महेश बराल, वडा नं. ६का वडा अध्यक्ष मोह्मद अफताव आलम, बसवरीया क्याम्पका प्रहरी निरीक्षक लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !