सर्लाही। सर्लाहीमा कोरोना बाट अति प्रभावित क्षेत्रमा डाक्टरले निःशुल्क स्वास्थ्य परिक्षण गरिरहेको छ । विकास नेपाल, बरहथवा १८, श्रीपुर, सर्लाही र एड एट एक्शन नेपाल ललितपुरको साझेदारीमा संचालित सम्मानजनक जिवनयापनको लागी शिक्षा र जिबिकोपार्जन परियोजना अन्तर्गत सर्लाहीको विभिन्न पालिकाहरुमा हेल्प डेस्क संचालन गरी निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी , मास्क तथा सेनिटाइजर वितरण भइरहेको आयोजकले जनाएको छ । सर्लाहीमा सक्रिय यूवाहरुको समुह सर्लाही कोभिड १९ रेपिड रेस्पोन्स टिमले जिल्लाका २० वटै स्थानिय निकायमा निःशुल्क स्वास्थ्य परिक्षण तथा हेल्प डेस्क कार्यक्रममा सहयोग गरेका छन् ।
जिल्लाका २० वटै पालिकाहरुमा बिहान ८ वजे देखी ४ बजे सम्म हेल्प डस्क संचालन गरी हजारौं मानिसहरुलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेकोे बाल विकास नेपालका अध्यक्ष विरेन्द्र रायले जानकारी दिए । पहिलो चरणको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सर्लाहीको बिष्णु गाउँपालिकाबाट सुरु भई क्रमशः कौडेना गाउँपालिका, बरहथवा नगरपालिका, धनकौल गाउँपालिका र मलंगवा नगरपालिकामा हेल्प डेस्क कार्यक्रम सम्पन गरिएको छ भने दोस्रो चरणको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सर्लाहीको कबिलासी, बलरा, गोडैता नगरपालिका र रामनगर,बसबरिया गाउँपालिकामा संचालन हुने अध्यक्ष रायले बताए । हाल सम्म हेल्प डेस्कमा गरिब बिपन्न समुदायको ९६० जना मानिसहरुलाई निःशुल्क रुपमा स्वास्थ्य सम्बन्धि सेवा लिइसकेको छ ।यसको साथै बाल विकास नेपालले बिष्णु गाउँपालिका, कौडेना गाउँपालिका, जिल्ला प्रशासन कार्यालय सर्लाही, बरहथवा १० स्थीत मा.बि. सीतापुरमा रहेको आईसोलेशन केन्द्र र आवश्यक स्वास्थ्य सामाग्री तथा खाधान्न सामाग्री र औषधी हस्तान्तरण गरेको बाल विकास नेपालका सचिब सुनिल कुमार यादबले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !