राकेश गुप्ता सर्लाही, १५ जेष्ठ। सर्लाहीमा कोभिड–१९ विरुद्ध लड्नको लागि सघाउ पु¥याउने आवश्यक अक्सिजन सिलिण्डर सहित अन्य सामग्री सहित करिब २५ लाख बराबरको स्वास्थ्य सामग्री सर्लाहीको दुई संस्थाले हस्तान्तरण गरेको छ ।अस्ट्रेलियन एड्को सहयोग तथा वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र र बागमती सेवा समाज नेपाल सर्लाहीले ७० थान अक्सिजन सिलिण्डर सहित करीब २५ लाख बराबरको स्वास्थ्य सामाग्री शनिवार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सर्लाहीलाई हस्तान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय, सर्लाहीको परिसरमा आयोजित हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख मेथुर चौधरीले कोभिड–१९ को संक्रमण विरुद्ध लडिरहेको अहिलेको परिप्रेक्ष्यमा प्राप्त सहयोग महत्वपूर्ण रहेको बताए । यसैगरी प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जिल्लामा अहिलेसम्म १ हजार २ सय ७ जना व्यक्तिहरु कोभिड–१९ बाट संक्रमित भएको र ५७ जनाको मृत्यु भइसकेको तथ्यांक प्रस्तुत गर्दै प्राप्त भएका स्वास्थ्य सामाग्रीहरु कोभिड–१९ का बिरामी उपचार गर्न जिल्लामा संचालन कोभिड अस्पताललाई प्रदान गर्ने बताए । “यस्तो सहयोगले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सक्रियता पूर्वक काम गर्नका लागि थप हौसला मिलेको छ ।” जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी तामाङले भन्े “यी सामग्रीहरूले कोभिड १९ संकट व्यवस्थापन प्रभावकारी हुने हुनुका साथै कोभिडका विरामीहरूको जीवन रक्षा गर्ने जिम्मेवारीमा पनि थप प्रभावकारीता ल्याउन सहयोग गर्नेछ ।”
यति ठूलो रकम र परिमाणको स्वास्थ्य सामग्री जिल्लामा पहिलो पटक प्राप्त भएकोले पारदर्शी, निस्पक्षता र न्यायोचित रुपमा वितरण गरी वितरण गरिएका विवरणलाई जिल्ला प्रशान कार्यालयको फेसबुक पेज तथा वेभ साइटमा समेत सूचना प्रकाशन गर्ने प्रजिअ तामाङले जनाए । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वल्र्डभिजन इन्टरनेसनलका समावेशी शिक्षा विज्ञ चन्द्र बहादुर मोक्तानले विपद्को अवस्थामा मानवीय सहायता गर्ने उद्देश्यले तत्काल उपचारमा अभाव हुन नदिनका लागि संस्थाले स्वास्थ्य सामाग्रीहरु स्थानीय साझेदार संस्था मार्फत हस्तान्तरण गरेको बताए। आज हस्तान्तरण गरिएका सामाग्रीहरुमा ४६ लिटर क्षमताको अक्सिजन भरिएको सिलिण्डर ७० थान, अक्सिमिटर ७० थान, ज्वरो मापक थर्मलगन ७० थान, पिपिई सेट ७० थान, अक्सिजन कन्सन्ट्रेटर मेसिन १ थान, लिक्विड साबुन १४ थान, एन ९५ मास्क ७४ थान, सर्जिकल मास्क १४ बक्स, ५ लिटरको सेनिटाइजर ४ थान रहेको बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले जानकारी दिए । स्वास्थ्य सामाग्रीहरुको मूल्य यातायात खर्च बाहेक जम्मा २४ लाख ९१ हजार ५ सय ५२ रुपैयाँ रहेको बागमती सेवा समाज नेपालका परियोजना संयोजक भण्डारीले जानकारी दिए । कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर निरसल साह, जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शिवजी प्रसाद साह,नेपाल पत्रकार महासंघ, सर्लाहीका सभापति टंक क्षेत्री लगायतको व्यक्तिहरुको उपस्थिति रहेको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका बरिष्ठ लेखा तथा प्रशासकीय संयोजक लालबाबु साहले जानकारी दिए। ।
तपाईको प्रतिक्रिया !