जनकपुरधाम, बैशाख १९ : कोभिड–१९ को सेकेन्ड भेरिएसन सुरु भएसंगै क्लोथ बैंक नेपाल जनकपुरधामले सुरु गरेको कोभिड केयर अभियानमा २५ जनाले सेवा लिइरहेको छ । बैंकका अध्यक्ष राजिव झाका अनुसार हाल सम्म कुल २५ जना बैंकको कोभिड केयरका चिकित्सकीय टिमको सम्पर्कमा रहि निःशुल्क चिकित्सकीय परार्मश लिइरहेको बताए । जस्मा ६ जनालाई अक्सिजनको सर्पोट दिइएको छ ।
बैंकले निःशुल्क चिकित्सकीय परार्मशका लागि चिकित्सकको टिम र आवश्यक परेकालाई निःशुल्क अक्सिजन सहयाता उपलब्ध गराउन निःशुल्क अक्सिजन बैंकको समेत स्थापना गरि काम भइरहेको अध्यक्ष झाले बताए । अक्सिजन बैंकमा हाल सम्म कुल ४० सिलिन्डर रहेकोमा छ वटा अक्सिजन प्रयोगमा रहेको ३४ वटा भण्डारणमा रहेको उनले जानकारी गराएका छन् । झाले यस्तो विषम परिस्थितीमा हुनेले अक्सिजन भण्डारणमा सहयोग गरेर समाजिक उतरदायित्व वहन गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !