शनिबार मे १ अर्थात १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वका विभिन्न मुलुकहरुले विविध कार्यक्रम गरी दिवस मनाएका छन् ।
नेपालमा भने यस वर्ष भने कोभिड १९ संक्रमण र देशका विभिन्न स्थानमा जारी निषेधाज्ञाका कारण मे दिवसका औपचारिक कार्यक्रम गरिएन । अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहदा मजदुरी गरेर छाक टार्नेलाई दिवस छुन सकेन । कोरोना महामारीपछिको निषेधाज्ञाका कारण उनीहरुको जनजिवन थप प्रभावित भएको छ । सबै कामकाज मात्र नभएर मानव आवतजावत नै ठप्प भइरहेका बेलामा पनि गुजाराका लागि श्रमिकहरु मजदुरीमा व्यस्त देखिएका थिए । दैनिक कमाउन नसके आफु र परिवारका लागि छाक टार्न नै नसकिने भएकाले आफुहरु काममा आएको श्रमिकहरुको भनाई छ । केहिले श्रमिक दिवस भन्ने सुनेको तर अहिलेसम्म दिवस कस्तो हुन्छ भन्ने थाहा नपाएको प्रतिक्रिया दिइ ।
कोरोना संक्रमणको त्रास भइरहे पनि अधिकांश मजदुर श्रमिकहरु भवन निर्माण, सडक निर्माण, खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी गर्नेहरू निषेधाज्ञाका बेलामा पनि डरलाई बिर्सेर काममा खटिन बाध्य छन् ।सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ।
तपाईको प्रतिक्रिया !