जनकपुरधाम, फागुन २९: जनकपुरधाममा थप एक स्वस्तिका हेल्थ केयर हस्पिटल प्रा.ली. सञ्चालनमा आएको छ । जनकपुरधाम वडा नं. ७ भ्रमरपुराचौक भन्दा दक्षिण राजमार्गमै हस्पिटल सञ्चालनमा आएको हो । शनिवार पत्रकार सम्मेलनको आयोजना गरि हस्पिटल परिवारले आफना सेवा सुविधाको विषयमा जानकारी गराएको हो ।हस्पिटलका पेट, मधुमेह तथा कलेजो रोग विशेषज्ञ डा. रामदेव चौधरीले सेवा भावले हस्पिटल सञ्चालनमा आएको भन्दै एकदमै गरिव विपन्नहरुलाई समस्या भए आफुहरुलाई जानकारी गराउन पत्रकार तथा जनप्रतिनिधीहरुलाई आग्रह गरेका छन् ।हस्पिटलका चिकित्सकहरुले जनकपुरधामबाट विरामी रेफर हुन नपर्ने गरि आफुहरु हस्पिटल सञ्चालनमा ल्याएको भन्दै सवैले सहयोग गर्नुपर्ने बताए । पत्रकार सम्मेलनमा वडा अध्यक्ष जानकी राम साह, डा. जितेन्द्र जयसवाल, डा. मनोज प्रसाद गुप्ता, डा. विजय कुमार साह, डा. विकास कुमार साह, डा. शम्भु साह, डा. कृष्ण कुमार साह, डा. दिलिप कुमार यादव, डा. शौरभ कर्ण, डा. कार्तिकेश मिश्र, डा. मनिषा ठाकुर सहितको उपस्थिती थियो ।
तपाईको प्रतिक्रिया !