Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

वि.पि. मेमोरियल पोलिटेक्निकले कृषि, बन बिज्ञान तथा इन्जिनियरिङका दक्ष्य जनशक्ति तयार गर्दै

News Desk News Desk
October 26, 2020
वि.पि. मेमोरियल पोलिटेक्निकले कृषि, बन बिज्ञान तथा इन्जिनियरिङका दक्ष्य जनशक्ति तयार गर्दै
49
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

“शिक्षा विकासको ढोका हो भने प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम विकासको मूल ढोका हो” –यूनेस्को


सीप युक्त दक्ष जनशक्ति नै विकासको प्रमुख स्रोत हो । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमले गरिबी र बेरोजगारी कम गराई आर्थिक विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न टेवा पु¥याउने तथ्य निर्विवाद छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमले व्यक्तिलाई “बोलीखाने भन्दा गरी खाने” बनाउँदछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् विक्रम संवत २०४५ (इ.सं १९८९) मा स्थापना भएको हो । देशमा सीपयुक्त प्राविधिक जनशक्तिको विकास गर्न प्राविधिक तथा व्यावसायिक शिक्षाको नीतिनिर्माण तथा समन्वय गर्ने एक मात्र सरकारी निकायको रूपमा यो संस्था रहेको छ । यस संस्थाले देश भित्र स्तरिय प्राविधिक जनशक्ति निर्माण, पाठ्यक्रम विकास, सीप प्रमाणिका निर्माण साथै अध्ययन र अनुसन्धानका कार्यहरू गर्दै आएको छ ।


परिषद् कार्यालयले उद्देश्य अनुरुपका कार्यक्रमहरू प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि विभिन्न महाशाखाहरू, प्रादेशिक कार्यालय र प्राविधिक शिक्षालयहरू स्थापना गरेको छ । कृषि, वन, ईन्जिनियरिङ्ग, स्वास्थ्य र होटल व्यवस्थापन जस्ता कार्यक्रमहरूमा डिप्लोमा तथा प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका कार्यक्रमहरू सञ्चालनका लागि आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र सम्बन्धन प्राप्त निजी समेत गरी जम्मा १०४२ ओटा संस्थाहरू सञ्चालनमा छन् । त्यसैगरी छोटो अवधिको सीपमूलक तालिम सञ्चालनका लागि परिषद्सँग सम्बन्धनलिई देशभरी ११३१ ओटा संस्थाहरू सञ्चालनमा छन् ।


मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनियहीं भेटिन्छ। व्यवसायिक तारिकाले जुनसुकै काम गर्दा पनि सफलहुन सकिन्छ भन्ने उदाहरण नयाँ पुस्ताका युवाले दिन थालेका छन्। नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन्।


पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रम सँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको छ। विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्ग चित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सके कोही पनि बेरोजगार बनेर बस्न पर्दैन।


अभिभावकले पनि आफ्ना छोरा छोरीको इच्छा अनुसार कुन विषय पढाउँदा उपयुक्त हुन्छ त्यही अनुसार निर्णय गर्नुपर्छ। हामी कहाँ अझै पनि विद्यार्थीको इच्छा एकातिर र अभिभावकको इच्छा अर्कै हुने अवस्था छ। अब दबाबमा होइन, आफ्नो क्षमता र इच्छा अनुसार विद्यार्थीले आफ्नो अध्ययनलाई अघि बढाउनुपर्छ। अहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रम सँग गाँसेर हेर्नु अत्यावश्यक भइसकेको छ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले हाल सम्म प्राविधिक एस.एल.सी. (TSLC) तह र तीन बर्षे डिप्लोमा र प्रमाणपत्र तहका कोर्षहरु सञ्चालन गरेको छ ।. TSLC पास गरेका विद्यार्थी सरकारी सेवामा राजपत्र अनंकित द्वितीय श्रेणी, प्राविधिक सेवाका (खरिदार सरह) को रोजगारीको लागि योग्य मानिन्छन् भने तीनबर्षे डिप्लोमाका विविध कोर्षहरु पास गरेका विद्यार्थीहरु सरकारी सेवामा राज पत्र अनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बावा सो सरह)को लागि योग्य मानिन्छन् । तीन बर्षे डिप्लोमाका विविध कोर्षहरुलाई त्रिभुवन विश्वविद्यालयले प्रमाण पत्र तहको समकक्षता प्रदान गरेको छ । डिप्लोमा कोर्षहरु पूरा गरेका विद्यार्थीले उच्च शिक्षा (व्याचलर डिग्री) हासिल गर्न आ–आफ्नो विधा अनुसार कतै सिधै र कतै केही पूर्व अवस्था पूरा गर्नुपर्ने हुन्छ ।
वि.पि. मेमोरियल पोलिटेक्निक, सपही, धनुषामा हाल कृषि तथा बन बिज्ञान कार्यक्रमतर्पm ३ वर्षे डिप्लोमा तथा प्रमाणपत्र तह प्लान्ट साईन्स तथा एनिमल साईन्स, प्रविधिक एसएलसी तहमा टि.एसएलसी इन एनिमल साइन्स तथा इन्जिनियरिङ कार्यक्रम तर्पm ३ वर्षे डिप्लोमा सिभिल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग सचांलन भैरहेका छन् ।


प्राविधिक शिक्षा लिएपछि बेरोजगार बस्नु पर्दैन । प्राविधिक शिक्षा लिएकाहरुले राम्रो पैसा कमाई गर्ने गरेका छन् । पछिल्लो समय गाउँ गाउँमा प्राविधिक शिक्षाको फाइदाहरु बारे ज्ञान बढ्न थाले पछि अध्ययन गर्नेहरुको संख्यामा पनि वृद्धि हुन थालेको छ । एकातिर सिपयुक्त जनशक्तीको देशभित्र ठूलो माग छ भने छ, अर्कोतिर प्राविधिक तथा व्यावसायिक शिक्षाको बारेमा जानकारी युवामामm पु¥याउनु जरुरी छ । उनीहरूलाई सीप प्रशिक्षणको पहुँच गर्नु र रोजगार बजारमा एकीकृत गर्नु देशको सामाजिक तथा आर्थिक विकासको लागी अपरिहा¥यार्य छ।

पछिलो समाचार

धनुषामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

अघिल्लो समाचार

तीन करोड १८ लाख कोरोनामुक्त, ११ लाख ५८ हजारको मृत्यु

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits