नेपालमा सोमबार थप ३७९० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३७९० जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना देखिएको छ । जसअनुसार काठमाडौमा दुई हजार ८ , भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७५७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमबार थप २३३५ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म ९४ हजार ५०१ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ । हाल क्वारेन्टाइनमा ४४७० जना छन् भने नेपालमा हालसम्म १३ लाख ९१८ वटा पिसिआर परिक्षण गरिएको छ ।
तपाईको प्रतिक्रिया !