Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

निर्माण व्यवसायीलाई दक्ष जनशक्ति भेट्नै मुश्किल

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
September 23, 2020
निर्माण व्यवसायीलाई दक्ष जनशक्ति भेट्नै मुश्किल
116
SHARES
290
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । रमेश कुमार यादव निर्माण व्यवसायी हुन् । उनी गएको एक दशकभन्दा लामो समयदेखि धनुषासहित छिमेकी जिल्लाहरुमा भौतिक पूर्वाधार निर्माणको काम गर्दै आएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ बस्ने यादवले रमेश कन्सट्रक्सन प्रा.लि जनकपुर संचालन गर्दै आएका हुन् ।


संघीय, प्रदेश र स्थानीय सरकारको योजनाहरुको ठेक्का लिएर काम संचालन गरेका छन् । पीसीसी ढलान, भवन निर्माण, कल्भर्ट निर्माण, जाली बोल्डर,इन्टरलक लगायतको कामहरु गर्दै आएका उनलाई समयमै योजना सम्पन्न गर्न जनशक्ति अभाव तगारो बनेको छ । वर्षमा २०/२५ वटा योजना सम्पन्न गर्नको लागि स्थानीय मजदूर उपयुक्त हुन नसकेको यादवको भोगाई छ ।
दक्ष जनशक्ति अभावमा समयमै योजना सम्पन्न गर्ने चुनौती रहेको उनी बताउँछन् । स्थानीय मजदूरहरुको भरमा समयमै योजना सम्पन्न गर्न नसकिने भएकोले बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको उनी भन्छन् । जनकपुरधाम उपमहानगरपालिकामा वर्षमा हुने निर्माण कार्यको यकिन तथ्यांक नरहेपनि सरकारी तथा नीजि गरी तीन सय बढी भवन निर्माण हुने गरेको उनले दावी गरे । दक्ष जनशक्तिहरु रोजगारिको सिलसिलामा विदेशिएपछि बाहिरको मजदूर ल्याएर काम गर्नुपर्ने बाध्यता रहेको उनी थप्छन् । स्थानीय स्तरमा उपलब्ध जनशक्ति दश नरहेको र काम गरेपनि ‘फिनिसिङ’ दिन नसकेको उनको अनुभव छ ।


नक्सा अनुसारको ‘फिनिसिङ’ दिनुपर्ने भएकोले सर्लाही, रौतहट लगायत भारतीय मजदूरको भरमा योजना सम्पन्न गर्नुपर्ने हुन्छ । स्थानीय मजदूरहरुलाई नक्सा बारे पनि अनुभव नहुँदा यहाँका निर्माण व्यवसायी बाहिरको मजदूर ल्याउन बाध्य रहेको उनी बताउँछन् । भवन निर्माण, जाली बोल्डर लगायतको काममा सर्लाही, रौतहटका मजदूर बढी सक्षम देखिएका छन् । उनीहरुले कम समयमा बढी काम गर्ने गरेकोले ठेकेदारलाई समयमा योजना सम्पन्न गर्न सहज भएको अनुभव यादवको छ । वैदेशिक रोजगारमा जाने सबैभन्दा बढी युवाहरु प्रदेश २ का छन् । दक्ष नहुँदा उनीहरुलाई विदेशमा पनि समस्या भएको छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरु सीप सिक्नमा चासो नलिदा दुःख पाएको आप्रवासी श्रोत केन्द्र धनुषाको तथ्यांक छ । वैदेशिक रोजगारमा अन्यायमा परेका युवाहरुलाई न्यायको लागि काम गर्दै आएको सामी परियोजनाका संयोजक अनिरुद्ध मुखियाले बताए ।
मुखियाका अनुसार गत आर्थिक वर्षमा १ सय ८२ जना महिलासहित तीन हजार नौ सय ८४ जनाले कार्यालयमा सम्पर्क गरेका छन् । तर, सीप तालिममा सहभागी हुने न्युन छ । मेसन पाँच जना, प्लम्बर चार र इलेक्ट्रिसियन १९ गरी २८ जनाले सीप तालिम लिएको मुखियाले बताए ।
सीप नसिकेर विदेशिएका युवाहरुले मांसिक, शारिरिक, आर्थिक पीडा भोग्नुपरेको मुखियाले बताए । धनुषाको सपहीस्थित बीपी मेमोरियल पोलिटेक्निक इन्स्टिचयुटले वार्षिक आठ हजार बढी दक्ष जनशक्ति उत्पादन गरेको छ । इन्स्टिच्युटले डिप्लोमा र टी एसएलसीको कक्षा संचालन गरेको छ । वार्षिक आठ हजार बढी प्राविधिक जनशक्ति तयार हुने गरेको इन्स्टिच्युटका प्रदेश निर्देशक नागेन्द्र साहले बताए । साहका अनुसार इन्स्टिच्युटले डिप्लोमा इन सिभिल इन्जिनियरिङ, एग्रीकल्चर र इलेक्ट्रिकल इन्जिनियरिङसहित टी एसएलसीको कक्षा पनि संचालन गरेको छ ।
इन्स्टिच्युट अन्तर्गत हाल डिप्लोमातर्पm पाँच हजार दुई सय ६२ र टीएसएलसीतर्पm दुई हजार ९ सय चार विद्यार्थी अध्ययनरत्त छन् । उनीहरुले सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी पाएका छन् । यहाँ अवसर नपाएकाले वैदेशिक रोजगारमा समेत लागेको निर्देशक साहले बताए ।
इन्स्टिच्युटले छात्रवृत्ति, नीजि, सामुदायिक विद्यालय, आंगिक रुपमा व्यवस्था गरेको छ ।
इन्स्टिच्युटमा उत्पादन भएको जनशक्तिको माग देशमै बढी रहेको उनको दावी छ । यहाँबाट उत्पादित जनशक्ति सबै निकायमा रोजगारी पाएको छ, उनले भने–इन्स्टिच्युटमा अध्ययन गरेकालाई रोजगारीको समस्या भएको छैन् । दक्ष जनशक्तिको व्यवस्थापन गरेर गुणस्तरीय विकास निर्माण कार्यलाई अगाडी बढाउन सकिने तर्क निर्देशक साहको छ ।


विकास निर्माणलाई गुणस्तरीय बनाउन दक्ष जनशक्ति आवश्यक छ, उनले भने–‘यसको लागि सबै निकाय गंभिर हुनु जरुरी छ ।’ आप्mनो ज्ञान, सिप देशमा उपयोग गर्ने वातावरण बनाउन सबै पक्षको सहयोग जरुरी रहेको उनको तर्क छ । दक्ष जनशक्ति विदेशमा गएर श्रम बेच्न बाध्य युवाहरुलाई देशमै काम गर्ने वातावरण बनाइदिनुपर्ने धारणा उनको छ ।

पछिलो समाचार

कोरोनाबाट भारतीय अभिनेत्रीको निधन

अघिल्लो समाचार

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

18 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits