कोरोना महामारीका कारण उपत्यकामा लगाइएको निषेधाज्ञाका कारण सीमित शाखाबाट मात्र कारोबार भएपछि काठमाडौंका बैंकहरुमा केही दिनयता ग्राहकको घुइँचो बढेको छ ।
निषेधाज्ञाका क्रममा बैंकहरुले सबै शाखा कार्यालयहरु खोल्न पाएका छैनन् । खुलेका शाखामा पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएका कारणले पनि भिड बढेको बैंक सञ्चालकहरु बताउँछन् । हेड अफिसमा कम कर्मचारी परिचालन गर्दा बैंकहरुले राजधानीमा केही बढी शाखा कार्यालय खोल्न पाउँछन् । अहिले हेड अफिससहित बढीमा चार वटा कार्यालय खोल्न पाइने व्यवस्थाका कारण पनि भिड बढेको हो । अहिले सामान्य कामका लागि पनि घण्टौ लाग्ने गरिएको सर्वसाधारणहरुले बताएका छन् ।
बैंकहरुले हरेक दिन कुन कुन कर्मचारी काममा जाने हुन् त्यसको सूची प्रहरी र राष्ट्र बैंकलाई पठाउनु पर्ने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया !