जनकपुरधाम, फागुन २१ : जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ७ मा सडक तथा पुल निर्माण कार्यको शिलान्यास गरिएको छ । कुल २१ लाख ३५ हजार ६ सय १ रुपैयाको लागतमा पुर्वाधार विकास कार्यालय जनकपुरधामले निर्माण गर्न लागेको २ सय १३ मिटरको जिरो माइलदेखि दक्षिण कामेश्वर शर्माको घर हुदै दिनानाथको घर सम्मको सडक निर्माण कार्यको एक कार्यक्रमका बिच प्रदेश सांसद परमेश्वर साहले शिलान्यास गरेका छन् । उपभोक्ता समिति मार्फत बन्न लागेको सो सडकमा डे«नेज हेमपाइपको नाला निर्माण गरि पिसिसी ढलान हुने छ । असार मसान्त सम्म काम सम्पन्न गरि सक्नु पर्ने सो निर्माण कार्यको शिलान्यास गर्दै सांसद साहले विगतको तिस वर्षको सरकार र तिन वर्षको प्रदेश सरकारको मुल्याङ्कन गर्न स्थानियवासीलाई आग्रह गरेका छन् ।उनले वडा अध्यक्षसंगको सहकार्य र समन्वयमा काम समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष जानकी राम साह उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरु सहितको उपस्थिती थियो ।
तपाईको प्रतिक्रिया !