Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको घरजग्गा लिलामी हुनबाट जोगियो

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 27, 2020
सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको घरजग्गा लिलामी हुनबाट जोगियो
72
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, पुस १२ गते ।

विगत १४ दिनदेखि राजधानी काठमाडौंमा आन्दोलनरत सर्लाहीका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत लिलामीबाट जोगिएको छ । मनकारी सामाजिक अभियान्ताहरुले जुटाइएको सहयोग र चिनी मिलले तिरेको पैसाले धितो लिलामी नहुने निश्चित भएको अभियान्ता नवीन यादवले बताएका छन् ।

यादवका अनुसार कृषि विकास बैंकको मलंगवा शाखाले ऋण नविकरण गरेर किस्ता लिन थाल्ने र अब लिलामी रोकिने जानकारी गराएको छ । मिलबाट आफ्नो बक्यौता रकम पाउनुपर्ने माग राख्दै माइतीघरमा धर्ना बस्दै गर्दा बैंकले तीन साता समय दिएर सर्लाहीको खर्वास्थित घरमा पत्र पठाएको थियो । गगनदेवले आफ्नो जग्गा लिलामी रोक्न कृषि बिकास बैंकलाई ९ दिनभित्र ९ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने थियो ।

उनले भने, ‘आइतबारसम्म गगनदेवको खातामा पाँच लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ, अब लिलामी हुन्न ।’ अन्नपूर्ण चिनीमिलबाट दुई लाख ९१ हजार र सहयोगस्वरुप दुई लाख ६४ हजार रुपैयाँ जुटेको उनले जानकारी दिए ।

यादवका अनुसार कृषि विकास बैंकको मलंगवा शाखाले ऋण नविकरण गरेर किस्ता लिन थाल्ने र अब लिलामी रोकिने जानकारी गराएको छ । मिलबाट आफ्नो बक्यौता रकम पाउनुपर्ने माग राख्दै माइतीघरमा धर्ना बस्दै गर्दा बैंकले तीन साता समय दिएर सर्लाहीको खर्वास्थित घरमा पत्र पठाएको थियो । गगनदेवले आफ्नो जग्गा लिलामी रोक्न कृषि बिकास बैंकलाई ९ दिनभित्र ९ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने थियो ।

गगनदेव रायको परिवारको आम्दानीको मुख्य स्रोत उखु खेती हो । उनको परिवारले चार बिगाह खेतमा उखु लगाउँथे । त्यसैबाट आएको रकमले गगन देवको १० जनाको परिवारको गर्जो टार्दै आएको थियो । रायको परिवारले जिल्लाकै अन्नपूर्ण र महालक्ष्मी सुगर मिललाई वाषिर्क ६०० मेट्रिक टनसम्म उखु पुर्‍याउँथे ।

पछिल्ला वर्षहरुमा उखु मिलले बदमासी गर्न थाले । उखु लगेपछि पैसा पाउन गाह्रो हुन थाल्यो । उनले अन्नपूर्ण चिनी मिलबाट तीन लाख रुपैयाँ भन्दा धेरै रकम पाउन बाँकी थियो । मिलले दिएपछि तिरौंला भन्दै घर खर्च चलाउन स्थानीय साहुबाट ३६ प्रतिशत ब्याजमा उनले ऋण लिए ।

मिलबाट पैसा आएन । ऋणको साँवा र ब्याज बढेर ७ लाख नाघ्यो । स्थानीय ऋण महँगो भएपछि रायले त्यही उखु लगाएको खेत धितो राखेर १० लाख रुपैयाँ कृषि विकास बैंकबाट ऋण झिके । गाउँको साहूको ऋण तिरेर बाँकी पैसाले घर चलाए, तर पनि चिनी मिलबाट पैसा आएन । अहिले सोही ऋण चुक्ता नगरेको भन्दै बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो ।

गगनदेवको खेत लिलामीबाट जोगाउन उनको बैंक खाता नविकरण गरिएको र केही सहयोग पनि जम्मा हुन थालेको सामाजिक अभियान्ता यादवको भनाइ छ । सहयोगस्वरुप शुक्रबारसम्म दुई लाख ६४ हजार रुपैयाँ खातामा जम्मा भएको पनि उनले बताए ।

पछिलो समाचार

हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना सहितको मांग गर्दै राप्रपा जनकपुरधाममा प्रदर्शन

अघिल्लो समाचार

संसद विघटनविरुद्ध सडकमा उत्रियो कांग्रेस

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

4 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits