Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

News Desk News Desk
June 19, 2025
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि
23
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । छात्रा फुटबल प्रतियोगिता–२०८२ केएसएच मावि खजुरी महुवाले जितेको छ ।
धनुषाको जनकनन्दनी गाउँपालिकाको महावीर स्पोर्टस् क्लव खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा मावि खजुरी महुवाले पेनाल्टी शुटआउटमा खजुरी चन्हालाई पराजित गरेर प्रतियोगिता जितेको हो ।
जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलले विजेता टोली खजुरी महुवालाई ट्रफी प्रदान गरेकी छन् ।
उपविजेता टोली मावि खजुरी चन्हालाई प्लान इन्टरनेशनल नेपालका शिक्षा परियोजनाका म्यानेजर रिया रिटोले ट्रफी र मेडल प्रदान गरेकी हुन् ।

प्रतियोगितामा तेश्रो भएका मावि बफैका खेलाडीलाई प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक रबिशंकर पण्डितले ट्रफी प्रदान गरेका छन् ।
फाइनल खेलका प्लेयर अफ दी म्याच मावि खजुरी महुवाका गोलकिपर अनिता मुखियालाई प्रदान गरिएको छ । उनलाई जनकनन्दनी गाउँपालिका–४ का वडाध्यक्ष दिलिपकुमार यादवले प्लेयर अफ दी म्याचको ट्रफी प्रदान गरे ।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा तानिएको थियो । पेनाल्टी शुटआउटमा मावि खजुरी महुवा ३–२ ले विजयी भएको छ ।
यसअघि जनकनन्दनी गाउँपालिकाको ऐतिहासिक फुटबल मैदानमा स्थानीय दर्शकको उल्लेख्य उपस्थितिमा भएको फाइनल खेलको पहिलो हाफमा दुवै टोलीका खेलाडीले प्रयास गरेपनि गोल भर्न गर्न सकेनन् । ६० मिनेटको खेलाइएको फाइनल खेलको दोश्रो हाफ पनि गोलरहित नै रह्यो । दुवै टोलीका खेलाडीहरुले करिब आधा दर्जन पटक बनाएको मौकालाई गोलमा परिणत गर्न नसक्दा खेल पेनाल्टी शुटआउटसम्म लम्बिएको थियो ।
पेनाल्टी शुटआउटमा पहिलो मौका पाएका मावि खजुरी चन्हाका खेलाडीले गरेको प्रहारलाई मावि खजरी महुवाका गोलकिपर अनिता मुखियाले शानदार बचाउ गरेकी थिइन् ।
मावि खजुरी महुवाका खेलाडीले पहिलो मौकालाई गोलमा परिणत गरेर १–० को अग्रता कायम गरेका थिए ।
दोश्रो पटक पनि खजुरी चन्हाका खेलाडीले गोलकिपरलाई छल्न नसक्दा बल गोलपोष्टमा छिराउन सकेनन् । लगातार दुई प्रहार असफल भएपछि खजुरी चन्हाका खेलाडीहरु दबाबमा आएका थिए । जवाफी पेनाल्टी शुटआउटाको दोश्रो मौकालाई पनि मावि खजुरी महुवाका खेलाडीले गोलमा परिणत गरेर जित करिब सुनिश्चित गरेका थिए ।

त्यसपछिका दुई मौका मावि खजुरी महुवाले गुमाएपनि अन्तिम मौकामा गोल गरेर फाइनल खेल आफ्नो पक्षमा पारेका थिए ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको शिक्षा परियोजना अन्तर्गत विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाका माविस्तरीय छात्रा फुटबल प्रतियोगिता गएको जेठ २९ गतेदेखि सुरु भएको थियो ।
विदेह नगरपालिकाका नगर उपप्रमुख आशादेवी झाले मावि गिद्धा बेलापट्टीको मैदानमा उद्घाटन गरेपछि छात्रा फुुटबल प्रतियोगिता–२०८२ सुरु भएको थियो ।
खेललाई मर्यादित, अनुशासित र विवादमुक्त बनाउन आयोजक आसमान नेपालले खेलमा पेशेवर अफिसियलहरु खटाएको थियो । प्रतियोगिताभरि खेलिएको आठ म्याच गिद्धा र खजुरीको खेल मैदानमा खेलाइएको थियो ।
फाइनल खेलमा जनकनन्दनी गापाका शिक्षा संयोजक ऋषिकेश यादव मावि खजुरी महुवा, मावि खजुरी चन्हा, मावि बफैका प्रअ लगायत फुटबल प्रेमीहरुको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

अघिल्लो समाचार

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits