Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कोटिहोममा आज सन्त, महन्त, जनप्रतिनिधि कर्मचारी आउँदै, भोलि २१ करोड दिप प्रज्वलन

News Desk News Desk
June 6, 2025
कोटिहोममा आज सन्त, महन्त, जनप्रतिनिधि कर्मचारी आउँदै, भोलि २१ करोड दिप प्रज्वलन
9
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सन्त, महन्त जनप्रतिनिधि कर्मचारीको आउने भएका छन् ।

कोटिहोमम दर्शन गर्नका लागि विभिन्न ठाउँबाट सन्त महन्त, विभिन्न पालिकाका जनप्रतिनिधि तथा कर्मचारी आउने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कोटिहोममा चर्चित प्रेरणादायी वक्ता जगदीश शर्मा, चर्चित माता सरिता पुन मगर (सरु माता), भारतबाट प्रसिद्ध सन्त आलोक जी महाराजको समूह, नेपालकै कान्छी भागवत वाचीका अनुराधा पाण्डे, अमेरिकाबाट श्री सत्यदेव महाराज, अछाम वैद्यनाथ धाम गुरुकुलका प्राचार्य देवराज उपाध्याय गुरुदेवको आगमन हुने भएको छ ।

कोटिहोममा कथा व्यास समाज, नेपालका उपाध्यक्ष एवं चर्चित कथा व्यास परमादरणीय बालकृष्ण अर्याल, प्रख्यात पण्डित एवं कथा वाचक भुवन घिमिरे गुरु, श्रीमद्भागवत कथा वाचीका सुधा अच्युत प्रियाको आगमन हुने ढकालले जानकारी दिए । 

त्यसै गरी  विश्वकर्मा समाज राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष, विश्व हिन्दु महासङ्घका शिल्पी समुदाय समन्वय विभागका विभागीय प्रमुख, विश्वकर्मा सङ्ग्रहालयका अध्यक्ष एवं परिकल्पनाकार गणेश बरायली, वरिष्ठ अधिवक्ता तथा सामाजिक एवं धार्मिक अभियन्ता स्वागत नेपाल पनि कोटिहोम दर्शन गर्न आउने कार्यक्रम रहेको छ । 

त्यसै गरी धुर्कोट गाउँपालिका बाट कोटिहोम दर्शन गर्नका लागि सिङ्गै टिम नै आउने भएका छन् । अध्यक्ष भूपाल पोखरेल, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष ज्यू एवं अन्य विशिष्ट राजनीतिकर्मी, धर्म प्रेमी, शिक्षाकर्मी, समाजसेवी व्यक्तित्वहरूको आज कोटिहोममा आगमन हुदै छ ।

कोटिहोममा आज नै युवा सञ्चारकर्मी सागर न्यौपाने, अछाम प्रभाधामकोट विद्यालयका प्रधानाध्यापक जोगराज कुँवर, चर्चित गायक कमल खत्री, चर्चित गायिका आदरणीय मेलिना मैनाली ज्यूको आगमन हुदै छ ।

त्यसै गरी कोटिहोममा स्याङ्जा जिल्लाबाट भूमि दान गर्न शेर जङ अधिकारी आगमन हुने भएको छ । आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको संयोजक ढकालले जानकारी दिए । यसअघि अन्नपूर्ण गाउँपालिका १५ रोपनी जग्गा प्राप्त भइसकेको छ ।

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै गएपछि पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उद्घोष गरेका छन् ।

कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ गते सम्म रहने छिन् ।

कोटिहोममा जेठ २४ गते २१ करोड दीप (ज्योति) प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । यति ठुलो दीप प्रज्वलन कार्यक्रममा आ–आफ्नो घरबाट ज्योति ल्याएर दीप प्रज्वलनमा सहभागी हुन सम्पूर्ण भक्तजनलाई मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । उनका अनुसार जेठ २४ बिहान १० बजे ज्योति भिजाउने र बेलुका ६ बजे बाल्ने तयारी रहेको छ ।कोटिहोममा एक सय कुण्डमा प्रयोग भएका इँटा लैजान चाहनेले सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।

कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । 

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।

पछिलो समाचार

यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने

अघिल्लो समाचार

बाजुराको बाम्का बजारमा लागेको आगो नियन्त्रणमा, १२ वटा भन्दा बढी पसल जलेर नष्ट

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

20 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits