Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

News Desk News Desk
May 19, 2025
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
12
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ ।

मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव सेवामा जोडिने सङ्ख्या बढ्दो छ ।

कोटिहोममा अभिभावकी जिम्मा, आजीवन सदस्य र शिलालेखमा नाम लेख्ने भक्तजनको सङ्ख्या बढ्दै गएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

देशमा विभिन्न जिल्लाबाट आएका व्यक्तिहरू अभिभावकीय जिम्मा, आजीवन सदस्य र शिलालेखमा आफ्नो नाम टिपाउनका लागि उत्साहित भएका छन् । मानव सेवामा आफूलाई समर्पित गर्न पनि यो सङ्ख्या दिनहुँ बढ्दै गएको छ ।

मानव सेवा फाउण्डेसनको आश्रयमा रहेका वाल वालिका र ज्येष्ठ नागरिकको अभिभावक बन्न १ लाख भन्दा बढी, आजीवन सदस्य बन्न २५ हजार  र शिलालेखमा नाम लेख्न १५ हजार रुपैयाँ रहेको छ ।

मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम  नयाँ भवनको शिलान्यास गरिसकेको छ ।

मानव सेवा फाउन्डेसनले सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन गरेको हो । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले पनि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको छ ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार धार्मिक क्षेत्रमा राम्रो प्रतिभा भएको कोही पनि नव उदीयमान व्यक्तित्व कोटिहोममा राम्रो स्थान दिइनेछ। ती प्रतिभाले त्यस बापत केही दिनुपर्दैन बरु हामी उच्च मूल्याङ्कन गरेर सहयोग गरिने उनले जानकारी दिए ।

‘गण्डकी कोटिहोम ज्ञान महायज्ञमा सबै जनालाई स्वागत गर्न प्रतीक्षारत छु’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भने ‘पछाडि विरोध गर्नेलाई पनि हाँसेर नै स्वागत गरिन्छ, मनमा लिँदिन कहिल्यै, ढुक्कले आउँदा हुन्छ।’

कोटिहोममा आदियोगि गौतम स्वामी, कथा व्यास लुम्बिनीका अध्यक्ष पुरुषोत्तम बस्याल गुरुदेव, डा.एकनाथ पौडेल, नारायण प्रसाद गुरुदेव, उमा महेश्वरी मातजीको उपस्थिति रहेको थियो ।

कोटिहोममा फिमला आमा समूह पोखरा–३ नदीपुरबाट ७७ हजार १ सय ३५, नारायण फर्निचर उद्योग पोखरा–१७ का विश्वेश्वर प्रसाद अर्याल र कणकुमारी अर्यालले ४१ हजार १ सय ५५, डा. नन्द श्रेष्ठबाट नगद २५ हजार र ७५ हजार बराबरको औषधी, पोखरा–१७ का क्या.खड्कबहादुर शाहीले ३३ हजार १ सय २०, राधाकृष्ण मन्दिर सञ्चालक समिति पोखरा– १० बाट २५ हजार ५ सय ५५, स्याङ्जाका सत्यदेव ढकालबाट १६ हजार १ सय ११ सहयोग प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गते सम्म पुन पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।

यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा  भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको छ । 

देवी प्रतिभा पोखरा रहँदा छुटेका भक्तजनलाई पुन एक पटक उनका कोकिल वाणीबाट कथा श्रवण गर्ने मौका मिलेको छ । पुन पोखरा ‘प्यार से बोलो ना’ ले गुञ्जायमान हुने छ । 

उनले कर्णप्रिय कथाका माध्यमबाट भक्त जनलाई धर धर रुवाइछिन् र उत्ति वेलै मन्द मुस्कान साथ भक्तजन भुलाउँछिन् किनकि उनी हिन्दीमा जोडले माइकबाट कराउँछिन् ‘प्यार से बोलो ना’ । त्यसपछि भक्तजनको मुखबाट महायज्ञ गुञ्जायमान हुन्छ ‘राधे राधे’ ।

त्यसैगरी कोटिहोममा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासी आउने भएकी छन् । जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासीले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

विद्यालयका विद्यार्थीहरूले पनि कोटिहोमको दर्शन गरेका छन्  यसैबीच  छोरेपाटन मावि बाट ४ सय भन्दा बढी विद्यार्थी कोटिहोम दर्शन गर्न आएको महायज्ञका निर्देशक शङ्कर खरालले जानकारी दिए ।

त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

कोटिहोममा आज वरिष्ठ लोक गायिका हरिदेवी कोइराल र  लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए। कोटिहोममा ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

शनिवार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको विदाईसँगै महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज र युवा दार्शनिक कथा प्रवक्ता चैतन्य कृष्ण महाराजले कथा वाचन गरेका छन् ।

अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत  साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।

कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ ।

कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । 

कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

पछिलो समाचार

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अघिल्लो समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits