सिमेन्ट उद्योगहरुले सिजनकै मौका छोपेर उपभोक्तालाई लुट्नुसम्म लुटेको छ । बजारमा सामान्य मूल्य बढाइएको गुनासो रहे पनि सिमेन्ट उद्योगहरुले लुट्न छाडेका छैनन् । अन्तराषर््िट्रय बजारमा उतार चढाब आउनेगरी सिमेन्ट उत्पादनको लागि चाहिने कच्चा पदार्थ क्लिन्कर, कोइला र विद्युतको मूल्यमा कुनै परिवर्तन नआए पनि नेपाली बजारमा सिमेन्टको मूल्य चर्को रुपमा बढ्ने क्रम जारी रहेको छ ।
सिमेन्टको कच्चा पदार्थ कोइला र क्लिन्करको मूल्य घट्दा पनि नेपाली बजारमा सिजनमै प्रति बोरा एक सय ५० रुपैयाँले बढाइएको छ । होंग्सी सिमेन्टले पनि आफ्नो मूल्य वृद्धि गरेको छ । यही सिजनमै सिमेन्टमा कार्टेलिंग गरेर मनग्गे कमाउँदा सरोकारवालाले ध्यान नदिएको गुनासो उपभोक्ताहरुको रहेको छ ।
तपाईको प्रतिक्रिया !