Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको देवघाटधाममा घुइँचो (फोटो फिचर)

News Desk News Desk
January 14, 2025
माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको देवघाटधाममा घुइँचो (फोटो फिचर)
18
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

चितवन- हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट-३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताउनुभयो ।

“नवलपुरतर्फबाट सहज र छिटो रूपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न जान सकिन्छ”, उहाँले भन्नुभयो, “जसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो भएर जान सकिन्छ ।”

कालीगण्डकी चोकबाट करिडोरको बाटो हुँदै चारपाङ्ग्रे सवारीसाधनबाट कालीगण्डकीको पक्की पुलबाट देवघाटधाममा नै पुग्न सकिने भन्दै अध्यक्ष तिवारीले शिलान्यासचोक हुँदै ब्रिटिस क्याम्प भएर दुईपाङ्ग्रे सवारीसाधनमा देवघाटको केलादीघाटमा पुग्न सकिने बताउनुभयो ।

चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने हुँदा नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न अनुरोध गरिएको छ । गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको छ ।

कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको र बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको छ ।

पछिलो समाचार

बालविवाह विरुद्धको अभियानमा सबै पक्षको सहयोग अपरिहार्य

अघिल्लो समाचार

विपिनको रिहाइको पहल परराष्ट्रमन्त्री डा राणा र कतारका विदेशमन्त्री फोनवार्ता

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

4 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits