Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

दिवा खाजावापत १५ रुपैयाँ ‘अपुग’ : मन्त्री तिवारी

News Desk News Desk
August 29, 2024
दिवा खाजावापत १५ रुपैयाँ ‘अपुग’ : मन्त्री तिवारी
18
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले दिवा खाजावापत दिने गरेको १५ रुपैयाँ ‘अपुग’ रहेको बताएकी छिन् ।
जनकपुरधाममा बिहीबार आयोजित वृहत्त विद्यालय सुरक्षा सम्बन्धी प्रदेशस्तरीय बाल मेलामा बोल्दै मन्त्री तिवारीले अहिलेको समयमा १५ रुपैयाँमा कस्तो खाजा हुन्छ भन्दै प्रश्न गरिन् ।
खाजावापतको रकम थप गर्नको लागि मुख्यमन्त्रीज्यू र अर्थमन्त्रीज्यूलाई आग्रह गरेको छु, मन्त्री तिवारीले भनिन्–तर, यस वर्षको बजेटमा समावेश गर्न कठिनाइ हुने जवाफ पाएको छु ।
चालु आर्थिक वर्षको बजेट आइसकेपछि मात्रै आफूले जिम्मेवारी सम्हालेको सम्झिदै मन्त्री तिवारीले दिवाखाजाको रकम १५ रुपैयाँमा प्रदेश सरकारले थप गर्नुपर्ने तर्क गरिन् ।
बालबालिकाको स्वास्थ्यको सुरक्षा प्रदेश सरकारको जिम्मेवारी रहेकाले दिवाखाजालाई स्तरीय बनाउन रकम थप गर्नुपर्ने मन्त्री तिवारीले भनिन् ।
विद्यालयलाई सुरक्षित बनाउन जस्तापाता विस्थापित गर्न लागिएको जानकारी दिदै मन्त्री तिवारीले जस्तापाताको कक्षाकोठालाई पक्की भवनमा परिणत गर्ने कार्य अघि बढाइसकेको बताइन् ।


मधेश प्रदेश बाल क्लव संजालका सलमा खातुनका अध्यक्षतामा भएको मेलामा मन्त्री तिवारीले बालबालिकाको सुरक्षाको मध्यनजर गरेर प्रदेश सरकारले विद्यालय नर्स, स्वच्छ खानेपानी, आराम कक्ष, शौचालय निर्माण गरेको बताइन् ।
विद्यालयमा बालबालिकाका लागि घरको जस्तो वातावरण बनाउनुपर्ने जिकिर उनले गरिन् । बालबालिकाले घरको जस्तो वातावरण महशुस गरे उनीहरुको शिक्षण सिकाई उपलब्धी वृद्धि हुने विश्वास मन्त्री तिवारीले व्यक्त गरिन् ।
प्रदेश सरकारले शिक्षा नीति ल्याउनको लागि आवश्यक तयारी अगाडि बढाइसकेको छ, उनले भनिन्–शिक्षा नीति ल्याउनको लागि एक समितिसमेत गठन गरेर छलफल बढाएको छ ।
विद्यालय सुरक्षाप्रति प्रदेश सरकार गंभीर रहेकाले आफूले यसको लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत मन्त्री तिवारीले गरिन् ।


मेलामा प्रदेशसभा सदस्य रामअशिष यादवले सरकारको उदासिनताले शिक्षा क्षेत्र धारासायी बनेको बताए ।
दुनियाँले सबैभन्दा बढी शिक्षालाई प्राथमिकता दिइरहेको छ, उनले भने–हाम्रो देशमा सबैभन्दा कम शिक्षामा खर्च गरिएको छ ।
शिक्षा क्षेत्रको विकासका लागि शिक्षकको सम्मान जरुरी छ, यादवले भने–शिक्षकले नै योग्य नागरिक उत्पादन गर्छन् । उनीहरुलाई हतोत्साहित गरेर शिक्षा क्षेत्रको विकास सम्भव नरहेको यादवले जिकिर गरे ।
सो अवसरमा धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले शिक्षा क्षेत्रमा सुधार ल्याउन शिक्षा नीति बनाइदिनको लागि प्रदेश सरकारसित आग्रह गरे ।
आफूहरुले पनि शिक्षा क्षेत्रमा सुधार चाहेको छु, उनले भने–तर, आवश्यक नीति अभावमा गर्नुपर्ने धेरै काम हुन सकेको छैन् ।
रौतहटको राजदेवी नगरपालिकाका शिक्षा शाखा अधिकृत विजय सिंहले पालिकाको सबै विद्यालयहरुमा सुरक्षा सम्बन्धी नीति ल्याएको जानकारी दिए । आराम कक्षसहित विद्यालय सुरक्षाको मध्यनजर गरेर आवश्यक सबै कार्यक्रमहरु संचालन गरेको सिंहले बताए ।


बाल मेलामा धनुषाको धनौजी गाउँपालिका, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र रौतहटको राजदेवी नगरपालिकाका ५७ वटा विद्यालयका बालबालिका सहभागी रहेको आसमान नेपालका कार्यक्रम व्यवस्थापक विजय यादवले बताए ।
युनिसेफको सहयोगमा आसमान नेपालले आयोजना गरेको विद्यालय सुरक्षा सम्बन्धी प्रदेश स्तरीय बाल मेलामा शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतो, शिक्षा विकास निर्देशनालयका किशोरी कापर, आसमान नेपालका कोषाध्यक्ष रेखा यादव, कार्यक्रम निर्देशक दिनेश्वर साह लगायतको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

नयाँ सत्ता समीकरणको अपेक्षा, राजनीतिक स्थिरता

अघिल्लो समाचार

बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नेपालमा आउँदैन: प्रधानमन्त्री

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits