धनुषामा पनि २१औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ मनाइएको छ । कृषि उत्थानका लागि काम गर्दै आएका जिल्लास्थित सरकारी कार्यालयहरुले हिलो छ्यापेर धान दिवस मनाएको हो । हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले आयोजना गरेको धान दिवसको अवसरमा लक्ष्मीनियाँ गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, वडा नं. ५ का वडाध्यक्ष दुखरण यादव लगायत किसान र कर्मचारीहरुले संगै धान रोपाई गरे ।
जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि नाराका साथ मनाइएको राष्ट्रिय धान दिवसको अवसरमा जलवायु परिवर्तनको प्रभाव कृषिमा पनि परेको वक्ताहरुले बताए । राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रमका निमित्त प्रमुख देव साफीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले एकअर्काउपर हिलो छ्याप्दै धान रोपाई गरेका थिए । प्रतिकूल मौसमका कारण धान रोपाईमा परेको प्रभाव न्युनिकरण गर्न प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइएको छ ।
प्रविधि प्रयोग गरेर कम पानीमा पनि राम्रो उत्पादन हुने जातको धानबाली लगाउनुपर्नेमा धान वैज्ञानिकहरुले जोड दिए ।
कार्यक्रममा प्राविधिक अधिकृतद्वय दिलिप साह, परमानन्द शर्मा लगायत किसानहरुको उपस्थिति रहेको थियो ।
यता,मधेश कृषि विश्वविद्यालयले कृषिनगरमा २१औं राष्ट्रिय धान दिवस मनाए
मधेश कृषि विश्वविद्यालयले कृषिनगरमा २१औं राष्ट्रिय धान दिवस मनाएको छ। यो सालको नारा जलवायु मैत्री कृषि धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ मनाइएको राष्ट्रिय धान दिवसको अवसरमा जलवायु परिवर्तनको प्रभाव कृषिमा पनि परेको मधेश कृषि विश्वविद्यालयका रजिस्टार श्री भगवान ठाकुर बताए । प्रतिकूल मौसमका कारण धान रोपाईमा परेको प्रभाव न्युनिकरण गर्न प्रविधिको प्रयोग बढाउनुपर्नेमा ठाकुरले जोड दिइए । विद्यार्थी, कर्मचारी, प्राध्यापक तथा पदाधिकारीहरूले धान रोप्ने, धानको विविध पक्षको विवेचना तथा प्रविधि बारे अन्तरक्रियामा सहभागी भएका थिए ।
कृषि ज्ञान केन्द्र, धनुषाले साडी वितरण गरे
२१औं राष्ट्रिय धान दिवसको अवसर पारेर कृषि ज्ञान केन्द्र, धनुषाले साडी वितरण गरेको छ ।
क्षीरेश्वरनाथ नगरपालिका–३ पकडिया टोलमा मनाइएको राष्ट्रिय धान दिवसको अवसर पारेर २० जना महिलालाई साडी वितरण गरिएको हो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुकदेव यादव, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया लगायतले महिला किसानलाई साडी वितरण गरोका छन् ।
पुरुषहरुको लागि टिशर्ट वितरण गर्दा महिलाहरुलाई साडी वितरण गरेको कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख रामचन्द्र यादवले बताए ।
यादवका अनुसार पुरुषलाई टिशर्ट जस्तै महिलालाई साडी विरतण गरिएको हो ।
धनुषा जिल्लामा भने पहिलो पटक धान दिवसमा महिलालाई साडी वितरण गरिएको हो ।
सिचाई र मल अभावमा जिल्लामा कृषि उत्पादन कमी आइरहँदा महिला किसानलाई साडी वितरण गरिएको हो । महिला किसान उत्साहित भएर कृषि पेशामा लाग्ने ज्ञान केन्द्र प्रमुख यादवको दावी छ ।
असार १५ लाई धान दिवस वा रोपाइँ गर्ने विशेष दिनको रूपमा मनाइन्छ । नेपालमा विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
तपाईको प्रतिक्रिया !