Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

पाँच करोड बजेट पालिकालाई जोगाए :अध्यक्ष मिश्र

News Desk News Desk
June 28, 2024
पाँच करोड बजेट पालिकालाई जोगाए :अध्यक्ष मिश्र
72
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

जनप्रतिनिधिको खिंचातानीमा लक्ष्मीनियाँ
सुन्दर, समुन्नत र समृद्ध नाराका साथ लक्ष्मीनियाँ गाउँपालिकाको १२औ गाउँसभा अधिवेशन असार १० गते भयो । सभामा ४५ करोड ११ लाख ७९ हजारको बजेट गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले सार्वजनिक गरिरहँदा सभास्थल तोकिएको वडा नं. ७ को स्वास्थ्य चौकी अगाडि ६ जना वडाध्यक्षसहित जनप्रतिनिधि र दलका कार्यकर्ताहरुले मुलढोकामा तालाबन्दी गरेर विरोध गर्दै थिए । संविधानमै गरिएको व्यवस्था अनुसार असार १० गते गाउँसभा गर्ने पूर्व योजना अनुसार स्वास्थ्य चौकी परिसरमा मंच र पण्डाल लगाइएको थियो । तर, गाउँसभाका दिन जनप्रतिनिधिहरु नै कार्यक्रम स्थलमा विरोधमा उत्रेपछि अध्यक्ष मिश्रले गाउँपालिका हलमै गाउँसभा सम्पन्न गरे । सभामा उपाध्यक्ष फुलकुमारी देवी, वडा नं. ५ का वडाध्यक्ष रमेश कुमार साह, प्रमुख प्रशासकीय अधिकृत यमबहादुर उपरकोटीसहित कर्मचारीहरु उपस्थिति रहे ।
वडाध्यक्षहरुले अल्पमत रहेको फाइदा उठाउँदै मनमौजी गर्न खोजेको अध्यक्ष मिश्रले आरोप लगाएका छन् । कागजात नै नरहेका योजनाहरुको भुक्तानि, नियुक्तीपत्र नरहेका कर्मचारीलाई तलब खुवाउन, निजी स्वार्थ पूरा नगर्दा गाउँसभा भाँडभैलो गर्न खोजेको अध्यक्ष मिश्रले दावी गरे ।
असार १० गते गाउँसभा नहुँदा संघीय सरकारबाट अनुदान स्वरुप प्राप्त हुने पाँच करोड बजेट पालिकाले गुमाउनुपर्ने थियो । अर्कोतिर गाउँसभा स्थलमा आमजनतासहित वडाध्यक्षहरु विरोधमा उत्रे जसका कारण सहज परिस्थिति असहज बन्दै गएको हो ।
कानून अनुसार हुने कार्य गर्न कुनै समस्या नरहेकाले यसको विपरित कुनै हालतमा काम नगर्ने अध्यक्ष मिश्रले स्पष्ट पारे ।
पाँच करोड जोगाउन आफूले गाउँपालिकाको हलमै गाउँसभा सम्पन्न गरेको मिश्रको तर्क छ । गाउँसभामा बजेट प्रस्तुत भएको छ,–मिश्रले भने–पारित कार्यपालिकाले गर्ने हो । अव अनुदानको बजेट सुनिश्चित गरिदिएको छु, उनले भने–त्यो बजेट म एक्लैले खर्चिने होइन् । उहाँहरुले नै वडामा खर्च गर्नुहुन्छ । उहाँहरुको माग अनुसार बजेट र आवश्यक सुविधा पालिकाले दिदै आएपनि अनावश्यक बखेडा र स्वार्थमा लाग्दा यस्तो परिस्थिति सिर्जना भएको अध्यक्ष मिश्रले भने । कार्ययोजनै नलिई वडा नं. ६ मा कृषि सडक निर्माण भइसकेको छ, उनले भने–बिना कागजात कुन आधारमा भुक्तानि गर्छ । यस्तो भुक्तानि गर्ने कर्मचारी फस्ने पक्का छ ।
नियुक्ती पत्र नै नरहेका व्यक्तिहरुलाई तलब खुवाउन मिल्छ ? उनले भने ।
लक्ष्मीनियाँ गाउँपालिकामा नेकपा एमालेले सात मध्ये पाँच वटा वडा जितेर बहुमत हासिल गरेपनि अध्यक्ष र उपाध्यक्ष भने नेपाली कांग्रेसको छ ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले साथ नदिए गाउँपालिका अध्यक्षले बजेट पारित गर्न सक्ने अवस्था छैन् ।
विगतमा वडा नं. १ का वडाध्यक्ष दिलिप यादव, वडा नं. ३ का वडाध्यक्ष तेजकुमार यादव र वडा नं. ५ का वडाध्यक्ष दुखरण यादवले साथ दिएपछि बजेट बहुमतले पारित भएको थियो । वडा नं. १ र ५ एमाले जितेको हो भने वडा नं. ३ मा जसपा नेपाल विजयी भएको हो ।
गाउँपालिका अध्यक्षले आफूहरुलाई बाइपास गरेर हिड्न खोजेको वडा नं. ३ का वडाध्यक्ष तेजकुमार यादवले आरोप लगाए । चालु आर्थिक वर्षको बजेट पारित गराउन पनि आफूले उहाँ(पालिका अध्यक्ष) लाई साथ दिएकै हो । तर, उहाँले दिएको बजेट सेलिङको ३० प्रतिशत रकम पनि खर्च गर्न पाएको छैन् । असार महिनामा कार्यदेश दिनुभएको हो, उनले भने–कहाँबाट खर्च गर्न सकिन्छ ?
असार १० गते गाउँसभा सम्पन्न गर्नका लागि ६ गते मात्रै पत्राचार गरेर दुई दिन भित्र योजना मागेको हो । दुई दिनभित्र चार वटा टोलमा भेला गरेर योजना कसरी संकलन गर्न सकिन्छ ? मैले त अहिले पनि साथ दिएकै हो ? मलाई पनि उहाँले कुनै वास्ता गर्नुभएको छैन् ।
असार ६ गते पत्राचार गरेर ८ गतेभित्र वडाको योजना मागेपछि आफूहरु विरोधमा उत्रेको वडा नं. ५ का वडाध्यक्ष महावीर साहले बताए । दुई दिनमा योजना संकलन गर्न सकिन्छ ? कार्यपालिकाको बैठक नै बसेको छैन् । बजेटको सेलिङ पनि दिएको अवस्था छैन् । यस्तोमा गाउँसभा कसरी सम्भव हुन्छ उनले प्रश्न तेस्र्याए ।
वडा नं. ६ मा कृषि सडक पालिकाको प्राविधिक निरज भने ओभरसियरको मौखिक कार्यदेशमा निर्माण भएको साहले बताए ।
कार्यदेश पछि दिन्छु । काम अगाडि बढाउन भनेपछि सडक निर्माण गरिएको वडाध्यक्ष साहले बताए । करिब पाँच लाखको लागतमा निर्माण भएको कृषि सडकको भुक्तानि नै विवादको मुख्य कारण रहेको श्रोतले बताए ।

पछिलो समाचार

लमजुङ पहिरो अपडेट: बेपत्तामध्ये एकजनाको शव भेटियो

अघिल्लो समाचार

रोजगार संवाद कार्यक्रम सम्पन्न

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits