धनुषाको कमला नगरपालिका वडा नम्बर २ का ‘अभिभावक शिक्षा’ प्रभावकारी बन्दै गएको छ । किशोरी, महिलाहरुलाई प्रजनन स्वास्थ्य, सरसफाई, पोषणबारे अभिभावक शिक्षा कार्यक्रममा अभिमुखिकरण गरिएको छ ।
स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाले कार्यक्रममा सहभागि महिला किशोरीहरुलाई गर्भवति अवस्थामा अपनाउनुपर्ने सतर्कता, नवजात शिशुलाई दिनुपर्ने आहार, सरसफाईबारे उनीहरुलाई अभिभावक शिक्षा कार्यक्रममार्पmत जानकारी दिने गरेको हो ।
अभिभावकहरुले बालबालिकालाई विद्यालयमा पठाउन के कारणले सक्दैनन, कुनै पनि बालबालिका विद्यालय जान पाएनन् भने विद्यालय जान कसरी प्रेरित गर्ने तथा प्रत्येक शैक्षिक सहायता लागि योग्य बालबालिका, आवश्यक कागजात, उपलब्ध हुने समय महिना र उपलब्ध हुने स्थानका बारेमा जानकारी गराइएको छ ।
बालबालिकाको शिक्षामा पहुँच सम्बन्धी व्यवस्थाका लागि सरकारले बिभिन्न शैक्षिक प्रवन्ध र छुट गर्दै आएको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउन पनि आफूहरुले अभिभावक शिक्षामार्पmत जानकारी गराइरहेको महिला स्वास्थ्य स्वयम्सेविका निर्मला मण्डल बताउँछिन् । अभिभावक शिक्षाले कुनै व्यक्तिमा अभिभावकत्व निर्वाह गर्नेसम्बन्धी सीपको विकास गर्ने, अभिभावकलाई आवश्यक ज्ञान तथा शिक्षा दिई बालबालिकाहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउने भएकोले पनि अभिभावक शिक्षा प्रभावकारी भएको निर्मला बताउँछिन् ।
निर्मलाले कमला नगरपालिका वडा नं. २ को दुई टोलमा अभिभावक शिक्षा संचालन गर्दै आएकी छन् ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा सपोर्ट नेपालले संचालन गरेको गर्लस स्यान्डिङ स्ट्रोङ्ग (जीएसएस) अभिभावक शिक्षा कमला नगरपालिका–२ को सुन्दरपुर टोलमा संचालनमा छ । महिनाको दुई पटक हुने अभिभावक शिक्षा कार्यक्रममार्पmत आफूहरुले धेरै जानकारी हासिल गरेको कुमैरदेवी दास बताउँछिन् । बालबालिकालाई नियमित विद्यालय पठाउनुपर्ने, सरसफाई तथा खानेपानीको बारेमा अभिभावक शिक्षामा जानकारी पाएको कुमैरदवी बताउँछिन् ।
आफ्नो नाति नातिनीहरुलाई नियमित विद्यालय पठाउने गरेको कुमैरदेवीले भनिन–टोलपडोसका अन्य बालबालिकालाई पनि विद्यालय पठाउन अभिभावकलाई ताकेता गरेकी छु ।
आफूहरुको पालामा महिनाबारी र स्यानेटरी प्याडबारे कुरा गर्न पनि अघोषित बन्देज रहेको स्मरण गर्दै कुमैरदेवीले भनिन–अहिले भने जमाना बदलेको छ ।
महिनाबारीबारे अहिलेका किशोरीहरु खुलेर कुरा गर्न पाएको छ । आफ्नो अभिभावकलाई भन्न समेत झन्झट मान्ने गरेको छैन् । पहिलोको तुलनामा अहिले यहि सुधार छ महिलाले पनि आफ्नो समस्या खुलेर राख्न पाएको छ, उनि भन्छिन ।
उनीजस्तै पार्वती देवी दासपनि बालबालिकाको सरसफाई र खानपानको विषयलाई लिएर सचेत भएकी छन् । नवजात शिशुलाई फर्सीका हलुवा, लिटो लगात पोषणयुक्त भोजन खुवाउँदा बच्चा स्वस्थ हुनेबारे अभिभावक शिक्षा कार्यक्रममार्पmत जानकारी पाएको पार्वती सुनाउँछिन् । दिनभरी घरपरिवारको कामकाजमा व्यस्त रहेपनि पार्वती कार्यक्रमको दिन समय निकालेर सामुदायिक भवन पुग्ने गरेकी छन् ।
सुन्दरपुरमा रहेको सामुदायिक भवनको हलमा अभिभावक शिक्षा कार्यक्रम संचालन गरिएको महिला स्वास्थ्य स्वयमसेविका निर्मलाले बताइन् । गर्भवति अवस्थामा भारी काम नगर्ने, खानेकुरामा ध्यान दिनुका साथै नियमित स्वास्थ्य जाँच गराउनेबारे अभिभावक शिक्षाबाट जानकारी पाएको पार्वतीले सुनाइन् । सपोर्ट नेपालले संचालन गरेको उक्त परियोजनाबाट कमला नगरपालिका वडा नंं १ र वडा नं. २ मा अभिभावक शिक्षामार्पmत किशोरी र महिलाहरु लाभान्वित भएकी छन् । उनीहरुले यो परियोजनालाई निरन्तरता दिनुपर्ने माग समेत गरेकी छन् ।
तपाईको प्रतिक्रिया !