धनुषाको कमला नगरपालिका–२ माचीकी निर्मला देवी शर्माले घरको कामकाजसँगै एक असल आमाको जिम्मेवारी पनि निर्वाह गर्छिन् । शिशुको खानपान, स्तनपान गराउने, गर्भवति अवस्थामा नियमित स्वास्थ्य जाँच लगायतबारे बेखबर उनी अहिले भने फर्र आफ्नो र सन्तानलाई हेरचाह बारे सुनाउँछिन् ।
शिशुलाई पोषणयुक्त खाना नदिदा स्वास्थ्यमा पर्ने असरबारे उनि सचेत छिन् । त्यसैले शिशुलाई उनले लिटो, फर्सीको हलुवा लगायत पोषणयुक्त खाना खुवाउन गंभीर भएकी छन् । केही महिना पहिलासम्म यस्ता कुराबाट अनभित्र निर्मला अहिले भने सचेत छिन् । उनी अभिभावक शिक्षा कार्यक्रममा सहभागि हुनुका साथै समूहमा समेत आवद्ध छिन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा सपोर्ट नेपालले संचालन गरेको गर्लस स्यान्डिङ स्ट्रोङ्ग –जीएसएस) परियोजना अन्तर्गत निर्मलाले गर्भवति हुँदादेखि शिशुको स्याहारबारे पनि राम्ररी बुझेकी छिन् ।
शिशु हेरचाह गर्ने बारे थाहा भएपछि काम गर्न उनलाई थप हौसला आएको छ । “एउटा आमालाई चिन्ता भनेकै सन्तानको लाग्छ, एक छिन आफ्नो शिशु नहेर्दा मन बेचेन हुन्छ, सुरु–सुरुमा काम गर्न जाँदा नानीको खुबै चिन्ता लाग्थ्यो, अहिले ढुक्क छु”, उनले भनिन्, “अहिले स्याहार बारे थाहा भएकाले नानीलाई हेर्दै काम गर्न पनि सहज भएको छ, छिनछिनमै नानीलाई खेलाउन आउँछु ।
उनी आफूमात्र होइन अहिले अरू महिलाका शिशुको स्याहार गर्ने काम गर्छन् । “आफ्नोसँगै अरूका शिशु पनि हेर्ने काम गर्छौं ।
पछिल्लो समय गर्भजाँच गर्न आउनेसँग श्रीमान्, सासू तथा घरका अन्य सदस्यसमेत साथमा आउन थालेका र परिवारका सदस्यसँगै आउँदा गर्भवती र पेटमा हुर्किरहेको बच्चाको राम्रो स्याहार पुग्ने स्वास्थ्य स्वयम्सेविकाहरु बताउँछिन । “हामीले हरेक गर्भवतीलाई श्रीमान्, सासू तथा ससुरासँगै ल्याउन भन्छौँ”, उनीहरु भन्छिन्, “श्रीमान् र सासू आउनुहुन्छ तर ससुरालाई पनि शिक्षा दिन आवश्यक भएको छ । घर चलाउने, किनमेल गर्ने अधिकांश पुरुष भएकाले पुरुष बढी सचेत हुन आवश्यक छ ।”
सरकारले सुत्केरीपश्चात्को जाँचसमेत चार पटक गर्नुपर्ने मापदण्ड बनाएको छ । सुत्केरी भएको २४ घण्टाभित्र, तीन दिन, सात दिन र ४२ दिनभित्र आमा र नवजात शिशुको स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ तर यसो गर्ने निकै कम हुन्छन् । यसरी स्वास्थ्य जाँच गर्न आउन नसक्नेलाई स्वास्थ्यकर्मीले घरमै गएर सेवा दिने गरेका छन् । निर्मला मात्रै होइन् कमला वडा नं. २ का अन्य महिलाहरु पनि आफ्नो र शिशुको स्वास्थ्यप्रति गंभीर भएका छन् । उनीहरुले विगतबाट पाठ सिकेर अब कुनै प्रकारको लापरबाही गर्न चाहन्न । विगतमा भएको गल्ती नदोहोर्याएर अव आफ्नो र शिशुको स्वास्थ्यको हेरचाह गर्नुपर्ने उनीहरु बताउँछन् ।
सपोर्ट नेपालका फिल्ड सुपरभाइजर इशा राउतले उनीहरुलाई शिशुलाई खुवाउन तयार गरिने हलुवा, लिटोबारे आवश्यक जानकारी दिएकी छन् भने स्वास्थ्य सुरक्षाबारे पनि विभिन्न बैठक र तालिमहरुमा जानकारी गराइएको छ ।
तपाईको प्रतिक्रिया !