Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

साइबर सुरक्षासम्बन्धी पूर्वतयारी अभ्यास सम्पन्न

News Desk News Desk
May 21, 2024
साइबर सुरक्षासम्बन्धी पूर्वतयारी अभ्यास सम्पन्न
16
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षालाई थप व्यवस्थित गर्ने उद्देश्यले ‘साइबर सुरक्षा पूर्वतयारी अभ्यास’ गरेको छ । ‘राष्ट्रिय साइबर डिल–२०२४’ नाम दिइएको सो पूर्वतयारी अभ्यासमा संवेदनशील सूचना तथा प्रविधि पूर्वाधारमा कहीँकतैबाट अवान्छनीय गतिविधि भयो वा आक्रमण भयो भने त्यसलाई कसरी प्रतिक्रिया गर्ने वा कसरी सुरक्षित राख्ने भन्ने प्रकृतिको पूर्वतयारी अभ्यास गरिएको मन्त्रालयका उपसचिव तथा साइबर सुरक्षा शाखा प्रमुख राजकुमार महर्जनले जानकारी दिनुभयो ।

हिजो र आज दुई दिनसम्म सञ्चालन भएको सो अभ्यास एकीकृत डाटा व्यवस्थापन केन्द्रमा आयोजना गरिएको हो । राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७५, ले गरेको व्यवस्थाअनुसार गठन गरिएको सूचना प्रविधि आकस्मिक सहायता समूहमा आवद्ध प्रतिनिधि अभ्यासमा सहभागी हुनुभएको थियो ।

समूहमा अर्थ, गृह र शिक्षा मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरणलगायत विभिन्न सम्बन्धित निकायका प्रतिनिधि हुनुहुन्छ । “राष्ट्रियस्तरमा साइबर सुरक्षासम्बन्धी विषयमा गरिएको एक प्रकारको पूर्वअभ्यास हो । जसरी विपत्सम्बन्धी विषयमा भूकम्प जाँदा वा आगालागी भयो भने के गर्ने भनेर पूर्व तयारी गरिन्छ, यो त्यस्तै प्रकृतिको पूर्व तयारी अभ्यास हो”, उपसचिव तथा साइबर सुरक्षा शाखा प्रमुख महर्जनले भन्नुभयो ।

कार्यक्रमको पहिलो दिन सैद्धान्तिक र दोस्रो दिनमा प्रयोगात्मक अभ्यास गरिएको थियो । पहिलो दिन साइबर सुरक्षाको विषयमा अवधारण लगायतका विषयमा कक्षा सञ्चालन गरिएको थियो भने आज साइबर सुरक्षासम्बन्धी उपकरण र टेबल टप एक्ससाइजसम्बन्धी अभ्यास गरिएको थियो । उहाँले भन्नुभयो, “यो कार्यक्रम गर्नुको दुईवटा उद्देश्य रहेको छ, पहिलो भनेको कुनै पनि घटना हुनसक्छ भन्ने विषयमा हामी तयारी हुनुपर्छ, कस्ता–कस्ता घटना हुन्छन भन्नेबारेमा जानकारी हुन्छ, त्यस्ता घटना हुँदा कसरी प्रतिक्रिया गर्ने भन्ने हो, अर्को भनेको मन्त्रालयबीचमा साइबरसम्बन्धी कसरी समन्वय गर्ने भन्ने नै हो ।”

राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरी कार्यान्वयनमा रहेको छ । मन्त्रालयको साइबर सुरक्षा शाखाले आम जनतालाई सुसूचित गर्ने उद्देश्यले ‘साइबर हाइजिन’सम्बन्धी तालिमसमेत सञ्चालन गर्दै आएको छ । सोही तालिम यही जेठ १३ गते मधेस प्रदेशमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा केन्द्र पनि स्थापना गरेको छ ।

संक्षेपमा डिजिटल सूचना संरक्षणका लागि हुने वा हुनसक्ने आक्रमणको पहिचान गर्ने र त्यसको प्रतिरोध गर्ने प्रक्रिया नै साइबर सुरक्षा हो । सन् २००४ मा विश्वभर तीन दशमलव पाँच अर्ब अमेरिकी डलर हाराहारी रकम साइबर सुरक्षाका लागि खर्च भएको थियो । यस्तो खर्च सन् २०११ मा आइपुग्दा ६४ अर्ब अमेरिकी डलर पुगेको थियो । गतवर्ष २०२३ मा साइबर सुरक्षा खर्च दुई सय १९ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको आकलन इन्टरनेशनल डाटा कर्पोरेसनले गरेको छ ।।

पछिलो समाचार

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

अघिल्लो समाचार

“सशक्त महिला समृद्ध नेपाल” अभियान मधेश प्रदेशका १२ पालिकामा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits