Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

बफैले उचाले छात्रा फुटवलको उपाधी

News Desk News Desk
May 10, 2024
बफैले उचाले छात्रा फुटवलको उपाधी
15
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

धनुषाको विदेह नगरपालिकामा भएको प्रथम छात्रा फुटवल प्रतियोगिता–२०८१ मावि बफैले जितेको छ ।
शुक्रबार साँझ गिद्धाबेलापट्टी मैदानमा भएको फाइनल खेलमा पेनाल्टी शुटआउटमा २–१ ले केएचएस खजुरीलाई पराजित गर्दै बफैले प्रतियोगिता जितेको हो ।
विजेता टोलीलाई विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले ट्रफी र प्रमाणपत्र प्रदान गरे । यस्तै उपविजेता टोली मावि केएसएचलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो । यसअघि बिहीबार तेश्रो स्थानको लागि भएको खेलमा खजुरी चन्हाले दुहबी गोबराहीलाई पराजित गरेको थियो ।
चर्को घामका कारण निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो गरी भएको फाइनल खेलको पैmसला पेनाल्टी शुटआउटमार्पmत भएको हो ।
निर्धारित समयमा दुवै टोलीका खेलाडीहरुले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा तानिएको थियो । अतिरिक्त समयमा पनि खेल गोलरहीत हुँदा फाइनल पेनाल्टी शुटआउटसम्म गएको हो । खेलको पहिलो हाफमा मावि केएसएच खजुरीका खेलाडीहरुले अग्रता लिने झण्डै आधा दर्जन मौका बनाएका थिए । तर, ती मौकालाई गोलमा परिणत गर्न नसक्दा खेल पेनाल्टी शुटआउटसम्म लम्बिएको हो ।
बफैका खेलाडीहरु सुरुदेखि नै दबाबमा देखिएपनि गोल भने खाएनन् । पेनाल्टी शुटआउटमा बफैका खेलाडीहरुले २ गोल गर्दा मावि केएसएचले एक गोल गर्न सके । बफैका गोलकिपर ज्योती कुमारी मण्डलले उत्कृष्ट गोलकिपिङ गरेर फाइनल खेलको प्लेयर अफ दी म्याच भइन् । मावि केएसएच खजुरीका खेलाडीहरुले मावि बफैको गोलपोष्टमा गरेको आक्रमणहरु सटिक नहुँदा गोल गर्न सकेका थिएनन् । मावि खजुरी चन्हालाई सेमिफाइनलमा पराजित गरेको मावि केएसएच खजुरीका खेलाडीहरु प्रशिक्षित देखिन्थे ।
प्लान इन्टरनेशनल नेपाल, जापान सरकार र आसमान नेपालको सहयोगमा विदेह नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा आठ वटा टोलीले भाग लिएको थियो ।
विदेह नगरपालिकाका पाँच र जनकनन्दनी गाउँपालिकाका तीन गरी आठ वटा माविका छात्रा फुटवल टोलीले प्रतियोगितामा भाग लिएको थियो ।
विदेह नगरपालिकाका नगर प्रमुख दासको अध्यक्षतामा भएको फाइनल खेलको समापन समारोहमा नगर उपप्रमुख आशा देवी झा, जनकनन्दनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव, उपाध्यक्ष कमला सहगल, वडाध्यक्ष, कार्यपालिका सदस्य, मावि गिद्धाबेलापट्टीका प्रअ पवन कुमार मण्डल, मावि केएसएज खजुरीका प्रअ रामकिशोर यादव, मधेश प्रदेश फुटवल संघका उपाध्यक्ष राजदेव साह, प्लान इन्टरनेशनल नेपालका रविशंकर पण्डित, आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साह, कार्यक्रम व्यवस्थापक दिलिप यादव लगायतको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

संचार उधमी स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई भोजन

अघिल्लो समाचार

रातो मछिन्द्रनाथको जात्रा सुरु

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

4 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits