Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

छात्रा फुटबलमा बफै र खजुरी विजयी

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
May 6, 2024
छात्रा फुटबलमा बफै र खजुरी विजयी
24
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

धनुषाको गिद्धाबेलापट्टीमा जारी छात्रा फुटबल प्रतियोगिता २०८१ अन्तर्गत सोमबार भएको खेलमा मावि बफै विजयी भएको छ । मावि बफैले शिवशंकर मावि इटहर्वालाई शुन्यको विरुद्ध १ गोल अन्तरले पराजित गरेको हो । जनता मावि गिद्धाबेलापट्टी खेल मैदानमा भएको खेलमा मावि बफैको तर्फबाट बिना कुमारी साहले निर्णायक गोल गरिन् । उनले पहिलो हाफमै आफ्नो टोलीलाई १–० को अग्रता दिलाएकी थिइन् । उनले दिलाएको अग्रता बफै टोलीले अन्तिम समयसम्म कायम राखेर खेल आफ्नो पक्षमा पारे । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी मावि बफैकी मिडफिल्डर अनिता कुमारीलाई प्लेयर अफ दी म्याच प्रदान गरियो । प्लान इन्टरनेशनल नेपाल, जापान सरकार र आसमान नेपालको सहयोगमा विदेह नगरपालिकाले आयोजना गरेको छात्रा फुटबल प्रतियोगिता–२०८१ को दोश्रो खेलमा मावि बफैका खेलाडीहरु सुरुदेखि नै शिवशंकर मावि इटहर्वा टोली विरुद्ध आक्रमक खेलको प्रदर्शन गरेका थिए । मावि बफैका खेलाडीहरुले झण्डै आधा दर्जन पटक विपक्षीको गोलपोष्टमा बल छिराउने मौका बनाए । तर, मावि इटहर्वाका गोलकिपरले उत्कृष्ट खेलको प्रदर्शन गर्दै बललाई गोलपोष्टमा जानबाट रोकिन् । उनले उत्कृष्ट प्रदर्शन गरेपनि टोलीको हार भने टार्न सकिन् । खेल समाप्त हुँदा मावि इटहर्वा ०–१ को अन्तरले पराजयको सामना गर्नुपरेको थियो । आइतबारदेखि मावि गिद्धाबेलापट्टी खेल मैदानमा सुरु भएको छात्रा फुटबल प्रतियोगिताको दोश्रो खेल निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको थियो । उद्घाटन खेलमा घरेलु टोली गिद्धालाई मावि दुहबी गोबराहीले पराजित गरेको थियो । जनकनन्दनीमा मावि खजुरी विजयी यता, जनकनन्दनी गाउँपालिकामा पनि सोमबारदेखि छात्रा फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । प्लान इन्टरनेशनल नेपाल, जापान सरकार र आसमान नेपालको सहयोगमा जनकनन्दनी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली मावि खजुरी विजयी भएको छ । जनकनन्दनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले उद्घाटन गरेको खेल मावि खजुरीले १–० गोल अन्तरले जितेको हो । शंकर मावि बनरझुलालाई पराजित गर्दै घरेलु टोली खजुरीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । पहिलो हाफमै मावि खजुरीले १–० को अग्रता कायम गरेको थियो । शंकर माविका खेलाडीहरुले निर्धारित समय समाप्त हुँदासम्म बराबरी गोल फर्काउन नसक्दा खेल गुमाएका थिए । विजयी टोली खजुरीका लागि अमृता कुमारी यादवले निर्णायक गोल गरिन् । खेलको प्लेयर अफ दी म्याच समेत जित्न सफल भएकी अमृताले आकर्षक गोल गरेकी थिइन् । खजुरीका खेलाडी सुरुदेखि नै लयमा देखिएपनि मावि बनरझुलाका खेलाडीहरु अन्त्यसम्म संघर्ष गर्दै थिए । आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगल, प्रमुख प्रशासकीय अधिकृत शैलेश कुमार यादव, मावि खजुरीका प्रअ रामकिशोर यादव, शंकर मावि बनरझुुुलाका प्रअ प्रदिप कुमार यादव, प्लान इन्टरनेशनल नेपालका केदार खतिवडा र सुनिल खडका लगायतको उपस्थिति रहेको आसमान नेपालका अनुगमन अधिकृत संजीव कुमार सिंहले बताए ।

पछिलो समाचार

छात्रा फुटबल प्रतियोगिता–२०८१ उद्घाटन खेलमा दुहबी गोबराही विजयी

अघिल्लो समाचार

छात्रा फुटवलमा खजुरी चन्हा विजयी, सेमिफाइनल

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits