धनुुषामा आइतबारदेखि सुरु भएको छात्रा फुटबल प्रतियोगिता २०८१ को उद्घाटन खेलमा दुहबी गोबराही टोलीले जित निकालेको छ । विदेह नगरपालिका–६ स्थित मावि गिद्धाबेलापट्टी मैदानमा आइतबार अपरान्ह सम्पन्न खेलमा दुहबी गोबराहीले घरेलु टोली गिद्धाबेलापट्टीलाई १–० अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमै दुहबी गोबराहीकी छात्राले बल घरेलु टोली गिद्धाबेलापट्टीको गोलपोष्टमा छिराएपछि अग्रता कायम गरेको थियो । प्लान इन्टरनेशनल नेपाल, आसमान नेपालको सहयोगमा विदेह नगरपालिकाले आयोजना गरेको छात्रा फुटबल प्रतियोगिताको उद्घाटन खेलमा दुहबी गोबराही टोलीका गोलकिपर रुबिना कुमारी सहनीले उत्कृष्ट खेलको प्रदर्शन गरिन् । उनले विपक्षी खेलाडीले तीन पटक गरेको प्रहारलाई रुबिनाले शानदार तरिकाले असफल पारिन् । उत्कृष्ट खेलको प्रदर्शन गरेकी दुहबी गोबराहीका गोलकिपर रुबिनालाई प्लेयर अफ दी म्याच प्रदान गरियो । विजयी टोली दुहबी गोबराहीको तर्पmबाट एक मात्र निर्णायक गोल रुपा कुमारी दासले गरिन् । डीबक्समा फाउल हुँदा रेफ्रि संजय कुमार मण्डलले दुहबी गोबराहीलाई पेनाल्टी शुटआउटको मौका दिएका थिए । पेनाल्टी शुटआउटमा रुपाले बल गोलपोष्टमा छिराएर दुहबी गोबराहीलाई १–० को अग्रता दिलाइन् । पहिलो हाफटाइमसम्म अग्रता कायम राख्न सफल दुहबी गोबराहीका खेलाडीहरुले दोश्रो हाफमा पनि विपक्षीलाई बराबरी गर्ने अवसर दिएन् । यसअघि विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले उद्घाटन गरेपछि प्रथम छात्रा फुटबल प्रतियोगिता–२०८१ सुरु भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख दासले मावि गिद्धाबेलापट्टीको खेल मैदानमा स्टेडियम बनाउने योजना रहेकाले मर्मतसम्भार गर्न नसकिएको बताए । सामुदायिक विद्यालयतर्पm नेपालमै तेश्रो स्थान हासिल गरेको मावि गिद्धाबेलापट्टीको आम्दानी बढाउनको लागि शटरहरु निर्माण गर्छु–उनले भने–शटर भाडाबाट वार्षिक करिब एक करोड ५० लाख आम्दान हुन्छ । जसले विद्यालय संचालनमा सहज हुन्छ । अहिले विद्यालयको आन्तरिक आम्दानी ५÷६ लाख मात्र रहेकाले संचालनमा समस्या देखिएको हो । उनले विद्यालयको खेल मैदानमा आप्mनै कार्यकालमा स्टेडियम निर्माण गर्ने प्रतिबद्धता समेत जनाए । उद्घाटन सत्रमा विदेह नगरपालिकाका उपप्रमुख आशा देवी झा, कार्य पािलका सदस्य श्यामसुन्दर दास, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर साह, प्लान इन्टरनेशनल नेपालका किशन राइ, सुनिल खड्का, मावि गिद्धाबेलापट्टीका प्रअ पवन कुमार मण्डल, शंकर मावि दुहवी गोबराही का प्रअ धनिकलाल ठाकुर, इटहर्वा माविका प्रअ कृष्णदेव यादव, विद्यालयका वरिष्ठ शिक्षक रामप्रसाद मण्डल, शिक्षक अभिभावक संघका अध्यक्ष उत्तिमलाल मण्डल, मधेश प्रदेश फटवल संघका उपाध्यक्ष राजदेव साह, आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादव, धनुषा फुटबल संघका अध्यक्ष नारायण कार्की लगायतको उपस्थिति रहेको थियो । छात्रा फुटबल प्रतियोगिता आउँदो २८ गतेसम्म चल्ने छ ।
तपाईको प्रतिक्रिया !