Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

जाजरकोट भुकम्प फलोअप : पीडितलाई ऋण तिर्न ताकेता, नतिरे कारवाहीको धम्की

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 3, 2023
जाजरकोट भुकम्प फलोअप : पीडितलाई ऋण तिर्न ताकेता, नतिरे कारवाहीको धम्की
31
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोट भुकम्पबाट पीडामा छटपटाइरहेकाहरुलाई एकपछि अर्को चिन्ताले पिरोल्न थालेको छ ।

परिवारको सदस्य गुमाउँदाको पीडा एकातिर छ भने बाँचेकाहरुलाई गास र बासको व्यवस्था कसरी गर्ने भन्ने चिन्ता पीडितहरुमा छ ।

अर्कोतर्फ, बालबालिका, युवादेखि बृद्धबृद्धासम्ममा मानसिक समस्या पनि देखिन थालेको छ ।

त्यतिमात्र होइन अब विस्तारै उनीहरुलाई भुकम्प पहिले लिएको ऋण तिर्न दबाव आउन थालेको छ।

कति बेला के हुन्छ भनेर मानसिक रुपमा मनोबल अत्यन्तै कमजोर भइरहेको बेला ऋण लिएकाहरुलाई  ऋण चुक्ता गर्न समय तोक्ने, नदिए कार्वाही गर्छु, उजुरी दिन्छु, मुद्दा मामिला गर्छु भन्ने जस्ता  व्यवहारले झनै दर्द थपिदिएको छ ।

पीडितलाई मलम लगाउने खालका व्यवहार गर्नुको साटो दैनिक जसो दिने यातानाले उनीहरु झनै पीडित भएका छन् ।

आफन्त गुमाएका र घर भत्किएर घरबास बिहिन भएका व्यक्तिहरु जो-जो जिल्ला बाहिर या राजधानीमा जागिरे छन् उनीहरु यति बेला आफ्नै गाँउमा छन् ।

उनीहरुलाईसमेत कार्यालयबाट पटक पटक ताकेता गर्ने, कार्यालयमा आउन उर्दी लगाउनाले पनि उनीहरुको परिवारमा तनाव सृजना भएको गुनासो जाजरकोट र रुकुमेली स्थानीयले गरेको पाइन्छ ।

हेर्दा साना साना लागेपनि पीडाको बेला हौसला र उनीहरुलाई मलम लगाउन आबश्यक छ तर जाजरकोट र रुकुम भन्दा बाहिरबाट हेर्दा आफ्नै जस्तो अनुकुल समय जसरी अनाबश्यक तनाब पीडितले खेपिरहेका छन् ।

गत कार्तिक १७ गते राति जाजरकोटमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धेरै जनधनको क्षति भयो ।

तिहार घरदैलोमा आएको बेला गएको भूकम्पका कारण चाडबाड खल्लो मात्र होइन यस बर्षको तिहार सुनसान भयो ।

तिहार मनाउन घर फर्केकाहरु पनि पीडित बने ।

हुन त प्राकृतिक प्रकोप हो, कति बेला के हुन्छ थाहा छैन तर पनि हर्ष उल्लासका साथ चाडबाड मनाइरहेका जाजरकोट र रुकुम पश्चिमबासीका लागि यो बर्ष पीडादायी बन्यो ।

भुकम्पपछि तत्काल उद्धारमा लागि राज्यको सबै संयन्त्र परिचालन भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत मन्त्रीहरु आफैँ घटनास्थल पुग्नुभयो । जसका कारण जस्तो सुकै पीडामा राज्य हामीसँगै छ है भन्ने अनुभुति रुकुम र जाजरकोटबासीलाई भएको छ ।

राज्यका सबै संयन्त्र उद्धारका लागि परिचालित भए । राजनितिक दल र दलका भातृ संगठनहरु पनि स्वत:स्फुर्त रुपमा उद्धारमा खटिए ।

यति बेला भुकम्प पिडितलाई राहतको खाँचो छ ।

मृतकका परिवार, घरबास विहीन भएका परिवार यति बेला त्रिपाल मुनि छन् । चिसोको मौसम भएकोले बृद्धबृद्धा तथा बालबालिका एवं अशक्तलाई अत्यन्तै पीडा भइरहेको छ ।

त्रिपालमुनि बसिरहेकाहरुलाई तत्काल छानोमुनि बसाल्नका लागि तीन वटै तहका सरकारले गम्भिरताका साथ लाग्न जरुरी छ ।

तीन वटै तहका सरकार एवं स्वदेश र बिदेशमा रहेका नेपालीहरुले भुकम्प पीडितका लागि राहत संकलन गरिरहेको अवस्थामा पीडित समक्ष यथाशिघ्र पुर्‍याउन जरुरी छ ।

मृतकका परिवारलाई सरकारको तर्फबाट दिइने तत्कालको नगद दिइसकिएको अवस्थामा उनीहरुको थप राहत एवं बास पुर्ननिमार्णका लागि पनि तत्काल काम गर्न आबश्यक छ ।

यतिबेला पुन:निर्माण, अस्थायी टहरा निमार्णका लागि बिभिन्न दल तथा भातृ संघसंगठनहरुले काम गरिरहेका छन् ।

राहत, उद्धार एवं पुननिमार्णका लागि राज्यका निकायका सँगसँगै अन्य सरोकारवाला निकाय लागिरहेको अवस्था छ ।

तर अझै भनेजति राहत नपुगेको गुनासो आइरहेको अवस्था छ । चिसोका कारण केहीको ज्यान गइसकेकोले तत्काल न्यानो कपडा बितरणतर्फ सरकारले ध्यान दिन जरुरी छ ।

तसर्थ भुकम्पका कारण पीडित बनेका जाजरकोट र रुकुम पश्चिमबासी सबैमा यति बेला राहत एवं पुर्ननिमार्णका सँगसँगै मनोविमर्श र उत्साहजनक कुराहरुको आबश्यक छ ।

पछिलो समाचार

कोप–२८: जलवायु परिवर्तनको प्रभाव भोग्नुपर्दा नेपालमाथि ठूलो अन्याय भएको छ – प्रधानमन्त्री

अघिल्लो समाचार

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

22 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits