मिथिलाबासीले मनाउने छठ पर्व सुरु भएको छ । प्रत्येक वर्ष कात्र्तिक शुक्ल चौठीदेखि सुरु हुने छठ पर्वको दोस्रो दिन आज खरना हो । हिजैबाट छठपर्वको सुरुवात भएको भएपनि विधिवत् रुपमा खरना छठको एकदिन अघि गरिने अनुष्ठान हो । खरनामा व्रती महिलाले दिनभरि निराहार बस्ने गरेका छन् । सूर्यास्त भए लगत्तै व्रती महिलाले खरनाको तयारी स्वरुप गुँड र चामलको खीर बनाउने गर्छन् । चन्द्रमालाई प्रसादको रुपमा तयार गरिएको खीर अपर्ण गरेपछि व्रतालु महिलाले प्रसादको रुपमा खीर ग्रहण गर्ने गर्छन् । यसरी खीर ग्रहण गरिसकेपछि महिलाको उपबास प्रारम्भ हुन्छ । र कात्र्तिक शुक्ल षष्ठीको दिन अस्ताउँदो सूर्यलाई अर्घ दिईन्छ । मिथिला क्षेत्रमा शनिबार खरना र आइतबार अस्ताउँदो सूर्यको अर्घ दिईन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न हुनेछ ।
तपाईको प्रतिक्रिया !