जनकपुरधाम । नेपाल हिन्दु अधिराज्य अभियानका अगुवा तथा व्यापारी दुर्गा प्रसाईले बैंक तथा वितीय संघसंस्थाको व्याज तथा बिजुलीको पैसा नर्तिन सर्वसधारणलाई अग्राह गरेका छन् ।
मंगलवार जनकपुरधाममा रास्ट्र भक्ति रास्ट्र केन्द्रित शक्ति नेपाल एक कार्यक्रमको सम्बोधन गर्दै प्रसाईले नेपालका बैंक तथा वितीय संघस्थाहरुले चर्को व्याज बढाएर हजारौ नेपाली जनताको उठिवास लगाएको भन्दै ति बैैंक तथा वितीय संघसंस्थाहरुको व्याज नगर्न आग्रहा गरे । नेपालको आर्थिक तथा वितीय क्षेत्रमा कुनै खास सामुदायको वर्चस्व रहेको भन्दै व्याजको व्याज तिर्न नसकेको दैनिक आत्महत्या गर्ने, विदेश पलायनको हुने संख्या बढ्दै गएको उनको भनाई थियो । सरकारले टिकटक बन्द गरेपछि आफुहरुको समाजिक सञ्जालको आन्दोलन सफल हुदै गएको उनले दावि गरे । उनले आफुहरुको आन्दोलनलाई सफल बनाउन देशभरि मंसिर ८ गते काठमाण्डौ पुग्न सर्वसधारणलाई अग्रहा गरे ।
तपाईको प्रतिक्रिया !