सिरहा-अनुसन्धान कार्यालय इटहरीले सिरहाबाट आज फेरि अवैध कपडा बरामद गरेको छ ।
राजस्वको टोलीले विशेष सूचनाको आधारमा सिरहा नगरपालिका-१५ सुखचैनबाट अवैध कपडा बरामद गरेको हो ।
भन्सार छलेर भारतबाट ल्याइएको करिब ३२ लाख रुपैयाँ बराबरको कपडा सोमबार बिहान नियन्त्रणमा लिइएको राजस्वका प्रमुख सुरेश आचार्यले जानकारी दिए ।
सुरक्षा निकाय र प्रशासनको सेटिङमा सिरहामा तस्करी फस्टाएपछि राजस्वले विशेष निगरानी बढाएको छ ।
यसअघि राजस्वले शनिबार बिहान सिरहा नगरपालिका-१५ मा रहेको चन्द्र नारायण आधारभूत विद्यालय परिसरको बगैँचाबाट करिब ५० लाख रुपैयाँ र त्यसको अघिल्लो दिन आइतबार बिहान चोहर्वाबाट ५० लाख रुपैयाँ बराबरको कपडा लगायतका सामानसहित ट्रक पक्राउ गरेको थियो ।
मिलेमतोमा खुल्लेआम तस्करी भइरहेको सूचना बाहिरिएपछि शनिबार नै सशस्त्र प्रहरीका सिरहा प्रमुख एसपी प्रमोद भारती र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट माडरका प्रमुख डीएसपी रामहरी खतिवडालाई सशस्त्र प्रहरीको प्रदेश कार्यालयले तानिसकेको छ ।
तपाईको प्रतिक्रिया !