Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

आज कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
September 14, 2023
आज कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस
10
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

पितृसम्मान दिवस

यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तीको कामनाले आउने गरेको पुजारी जगदीशचन्द्र भट्टले बताउनुभयो ।

पछिलो समाचार

सुन प्रकरणको अनुसन्धान नरोकिने

अघिल्लो समाचार

शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

4 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

4 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits