Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
September 3, 2023
मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित
20
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

मलगंवा । चन्द्रनगर गाउँपालिकाका मिटर ब्याजीबाट पीडितहरु न्यायका लागि महिना दिनदेखि जिल्ला प्रशासन कार्यालय सर्लाही धाएको छ । तर, जिल्ला प्रशासन कार्यालयले सुनुवाई नगरेको मिटरब्याजी पीडितहरुको गुनासो छ । उनीहरुले मिटर ब्याजी बिरुद्ध उजुरी दिएको महिना दिन भन्दा बढी भइसकेको छ । जिल्ला प्रशासनमा दर्ता गराएको उजुरीको आधारमा पीडित र पिडक पक्षबीच छलफलको लागि दिइएको समयमा आफुहरु उपस्थित हुँदै आए पनि पिडक मिटर ब्याजी भने विभिन्न बहाना बनाएर पञ्छिदै आएको पीडितहरुले गुनासो गरे । जिल्लाकै कबिलासी नगरपालि–८ अगर्वा घरभइ हाल मलंगवा बस्दै आएका बिकाउ राय यादवले ब्याजसहित ऋण चुक्ता गरिसकेपनि जर्बजस्ती कपाली तमसुक बनाएर थप रकम मागेको चन्द्रनगर गाउँपालिकाका दुई दर्जन बढी स्थानीयले आरोप लगाएका छन् । ब्याजको नाममा तेब्बरसम्म असुल्ने गरेको र जमानतको रुपमा राखेको जग्गा पनि फिर्ता गर्न नमानेको भन्दै राय उपर जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको चन्द्रनगर गापा वडा न–७ बस्ने पीडित विजय भगतले बताए । निवेदन दिएको केही दिन पछि मिटरब्याजी रायलाई पहिलोपटक छलफलको लागि जिल्ला प्रशासन कार्यालयमा बोलाउँदा उनी नआए पछि पुनः दोस्रोपटक समय निर्धारण गरेर बोलाउँदा पनि विभिन्न बहाना बनाएर नआएको पीडित भगतले बताए । अनुचित लेनदेन सम्बन्धि मुद्दा हेर्दै आएका सहायक प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो लिएर पुगेपछि उनले बिहिवारको समय दिएको र दिएको समयमा उपस्थित नभएको खण्डमा प्रहरी परिचालन गरेर उपस्थित गराउने आश्वासन दिएको भगतले बताए । पीडितलाई न्याय दिलाउने भन्दै गृह मन्त्रालयले आदेश गरेपनि जिल्ला प्रशासन कार्यालयले पहुँचवाला ब्यक्तिको मात्र सुन्ने गरेको गुनासो पीडितहरुको छ । चन्द्रनगर गापा–७ का दिलिप कुमार रायका अनुसार बुवाले बिकाउ सँग २०७३ सालमा २३ कठ्ठा जग्गा धितो राखेर ऋण लिएका थिए ।

सो वापत २०७६ सालमा चेक द्वारा ७ लाख त्यसपछि २०७७ सालमा २ लाख त्यसपछि विभिन्न समयमा गरि ८ लाख,७ लाख र १८ हजार रुपैया बुझाइसकेको छ । तर उनले मैले पैसा नपाएको भन्दै जग्गा फिर्ता गर्न नमानेको बताए । जग्गा फिर्ता गरिदिन भन्दै बिकाउको घरमा पटकपटक ताकेता गरे पनि फिर्ता गर्न नमानेपछि बाध्य भएर मिटर ब्याजीको मुद्दा दिएको दिलिपले सुनाए । जमानतमा राखिएको जग्गा ऋण चुक्ता गरिसकेपनि फिर्ता गर्नुको साटो लुकाइछिपाइ आफ्नो श्रीमती सीता देवी यादवको नाममा पास गरिसकेकाले न्याय पाउने आशनै मेटिएको उनले दुखेसो पोखे । सोही गाउँका अरु पिडितहरुको दुखेसो पनि दिलिपको जस्तै छ । उनीहरुले पनि सावाँ व्याज वापत जम्मै रकम तिरिसक्दा तिर्न बाँकी नै छ भन्दै मिटर ब्याजी बिकाउ आफुहरुको घरमा पुगिरहने , मान्छे लगाएर घरका सदस्यहरुलाई कुटपिट गर्ने , पैसा नतिरे प्रहरी लगाएर थुन्न लगाउने जस्ता धम्की दिने गरेको दुखेसो पोखेका छन् । चन्द्रनगर–७ कै एक पडित वृद्धा असिया यादवको पनि गुनासो उस्तै छ । छोराले मिटर ब्याजी बिकाउबाट लिीएको श्रृण मेहनत मजदुरी गरेर कमाएको पैसाबाट तिरिसकेको भएपनि धितो बापत राखेको जग्गाको लालपुर्जा दिन आनाकानी गरिरहेको बताइन।जग्गा फिर्ता माग्न जाँदा पैसा तिरेको छैनस् पहिला पैसा तिर अनि मात्र जग्गा फिर्ता पाउँछस् भन्दै असुली गर्ने बहानामा कयौंपटक घरमै आएर बिकाउले बिरामी अवस्थाको श्रीमान ,छोरा ,बुहारी लगायत घरका अन्य सदस्यहरुलाई निर्घात कुटपिट गरेको उनले रुँदै दुखेसो सुनाइन् ।

पछिलो समाचार

अमेरिकी सिनेटर होलेन नेपाल भ्रमणमा

अघिल्लो समाचार

आइसीसी महिला टी-२० विश्वकप छनौटः नेपालको लगातार तेस्रो जित, भुटान तीन विकेटले पराजित

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

4 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits