जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिका –५ की मौसमी कुमारी पासमानका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन् । गाउँमा सासु ससुरा र आपैm बस्छन् । श्रीमानले विदेशबाट पठाएको रकम घर खर्चमा चलाउन चाहदैनन्–उनी । घर परिवार चलाउनको लागि उनी आपैm व्यवसाय गर्ने सोचमा छिन् । बाहिर पनि जानु नपरोस् र आम्दानी पनि होस् भन्ने उनको चाहना छ । त्यसैले उनी निकट भविष्यमै गाउँमै किराना पसल संचालन गर्ने निधो गरेकी हुन् । केही दिन अघिसम्म घरबाहिर निक्लिन मुस्किल मौसमी अहिले भने स्वतन्त्र महशुस गर्छिन् । जीवनमा आपूm पनि केही बन्न सक्ने भने आश मौसमीमा पलाएको हो । जीवन चुल्होचौकोमै सीमित रहेको भन्दै चिन्तित मौसमीको यो उत्साह जीवन उपयोगी सम्बन्धी तालिमबाट आएको हो ।
उनी अहिले व्यसायलाई व्यवस्थित ढंगले संचालन गर्नको लागि पाँच दिने व्यवसायिक सिप विकास सम्बन्धी तालिम लिएकी हुन् ।
उनीसँगै कमला नगरपालिकाका कम्तीमा २७ जना युवा महिलाहरु आत्मनिर्भर हुन कम्मर कसेकी हुन् । उनीहरुको यो सपनालाई साकार गर्ने कार्यमा आसमान नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेका बालविवाह न्युनिकरण परियोजना अन्तर्गत कमला नगरपालिकाको विभिन्न वडाका युवा महिलाहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक सिप विकास तालिम दिएको हो ।
मौसमी जस्तै कमला नगरपालिका वडा नं. ७ की अमृत कुमारी मुखिया पनि आत्मनिर्भर बन्ने अठोट लिएकी छन् । आपूm अनपढ भएपनि बालबालिकालाई राम्रो शिक्षा दिनको लागि आपैm व्यवसाय संचालन गर्ने सोचमा रहेको अमृता बताउँछिन् । श्रीमानको कमाईबाट होइन, उनले भनिन–आप्mनो कमाईले बालबालिकालाई राम्रो शिक्षादिक्षा दिन्छु । आपूmले नपढ्दा बालविवाहको चपेटामा परेको स्मरण गर्दै उनले भनिन्, अव समाजमा यस प्रकारको घटना दोहोरिन दिदैन् । आपूmले समाजमा बालविवाह हुँदा महिलामा हुने शारिरिक समस्याहरुबारे महिलाहरुलाई जानकारी गराउने अमृता बताउँछिन् ।
बोल्न समेत डराउने कमला नगरपालिका–१ हथलेटवाकी सुचिता मण्डल जीवन उपयोगी लगायतको तालिममा सहभागी जनाएपटि निर्धक्क बोल्न थालेकी हुन् । जीवनमा केही बनेर अघि बढ्ने तर्क उनको छ । समाजमा पहिचान बनाउनको लागि आप््mनो खुट्टामा खडा हुनैपर्छ, सुचिता भन्छिन– अवसर पाए महिलाले पनि धेरै गर्न सक्छ ।
अवसर नपाएर मधेशी महिला बाध्य भएर घरको चुल्होचौकोमा सीमित हुनुपरेको उनको तर्क छ ।
उनको तर्कमा कमला नगरपालिका–७ की नितु कुमारी मण्डल पनि सहमत देखिन्छन् । तालिममा व्यवसायको बारेमा जानकारी पाएर उत्साहित नितु भविष्यमा मिथिला पेन्टिङलाई व्यवसायिक रुपमा अगाडि बढाउन चाहन्छिन् । कृषि, पशुपालन, रोजगारीको बारेमा पनि तालिममा सिकाएपनि आपूm मिथिला पेन्टिङलाई व्यवसायिक रुपमा अघि बढाउने उनी भन्छिन् ।
मौसमी, अमृता, सुचिता र नितु प्रतिनिधिपात्र मात्र हुन् । उनीहरु जस्तै कयौ युवा महिलाहरु तालिमबाट हौसिएर जीवनमा केही बन्ने लक्ष्य बनाएकी छन् । आत्मनिर्भर बनेर परिवार र समाजको सोच रुपान्तरण गर्ने धोको लिएर उनीहरु अघि बढ्ने भएकी छन् । मधेशमा पुरुषको तुलनामा महिला शिक्षासहित अन्य सबै क्षेत्रमा पछाडि रहेको बेला उनीहरुको उत्साह र जाँगरले महिला पनि अव घुम्टो बाहिर निस्किसकेको सकारात्मक संदेश दिएको आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादवले बताए ।
यादवका अनुसार बालविवाह न्युनिकरण परियोजना कमला नगरपालिकासहित धनुषाको शहीदनगर नगरपालिका, विदेह नगरपालिका, सबैला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा संचालन भइरहेको छ । यी सबै पालिकाका युवा महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि व्यवसाय र सिपमूलक तालिम संचालन गरेको यादवले बताए ।
तपाईको प्रतिक्रिया !