बारा- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आज शुक्रबार एक समारोहबिच टैंक ट्रक लकिङ्गको शुभारम्भ गर्नु भएको छ ।
पेट्रोलियम पदार्थमा भई रहेको चुहावट अन्त्य गर्न मन्त्री रिजालले नेपाल आयल निगम मधेश प्रदेश प्रादेशिक कार्यलय अमलेखगन्जको आयोजनामा दोस्रो चरणको टैंक ट्रक लकिङ्गको शुभारम्भ गर्नु भएको हो ।
मन्त्री रिजालले ट्रयाङ्करमा ताल्चा लगाएर साँचो पम्पधनीलाई हस्तान्तरण गर्नु भएको छ ।
आयम निगम प्रादेशिक कार्यलय अम्मेखगन्जका प्रमुख विनितमणी उपाध्यायले ट्याङ्करमा ताल्चा लगाई लकिङ्गले पेट्रोलियम पदार्थ चुहावटमा नियन्त्रण आउने बताउनु भएको छ ।
उनले साँचो एक आयल निगममा र अर्को पम्पधनीमा हुने हुँदा चालकले बाटोमा चुहावट गर्न नसक्ने बताउनु भयो ।
उहाँले पहिलो चरणमा २०७५ देखि लकिङ्ग शुरु गरेको भएपनि यो लकिङ्गले थप प्रभावकारी हुने बताउनु भएको छ ।
तपाईको प्रतिक्रिया !