काठमाडौँ- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ।
थापालाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
सभामुख बाबुराम गौतमले राजीनामा दिएसँगै कांग्रेस माओवादी केन्द्रका ४७ सांसदहरुको समर्थनसहित थापाले कोशी प्रदेशको मुख्यमन्त्रीमा केहीबेर अघि दावी पेश गर्नु भएको थियो ।
९३ सदस्यीय कोशी प्रदेशमा नेकपा एमालेको ४०, नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकिकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक जना सांसद छन ।
तपाईको प्रतिक्रिया !