लामो रसाक्सी पश्चात मधेस प्रदेश सरकारले पुर्णता पाएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुई मन्त्रीलाई आज नियुक्त गरेका छन् । सप्तरीबाट दुई पटक निर्वाचित काँग्रेसका सांसद मो.समिम गृह सञ्चार तथा कानुन र जनमतका पार्टीको समानुपातिक कोटामा सासद भएका चन्दन सिंह श्रम तथा यातायात मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । नव नियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख मिश्रले पद तथा गोपनियताका शपथ आज सोमवार नै गराएका हुन् । प्रदेश सरकार स्थापना भएदेखि अहिले सम्म ६ औ पटक विस्तार भएको छ ।
मन्त्रीपरिषद पुर्णता पाएको भनिएपनि एक जना मन्त्रीलाई अझै जिम्मेवारी तोक्न सकिएको छैन । तत्कालिन समाजिक विकास मन्त्री सुरिता साहलाई अझै बिना बिभागिय मन्त्रीको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको छ ।
सोमवार नै बिना विभाग्यि मन्त्री जनमतका बसन्त कुश्वाहा र राज्यमन्त्री संजय यादवले राजिना दिएका थिए । मन्त्री कुश्वाहा र राज्यमन्त्री यादवलाई सुरुमा भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर प्रदेशमा सत्ता समिकरण फेरिएपछि उनीहरुलाई बिना विभाग्यि मन्त्री बनाईएको थियो ।
तपाईको प्रतिक्रिया !