पाकिस्तानमा इस्लामिक दल जमियत उलेमा-ए-इस्लाम-फजल, जेयूआई-एफले आयोजना गरेको र्यालीमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
दलको बैठक बसिरहेको उत्तर-पश्चिमी बाजौर जिल्लामा भएको विस्फोटमा परी १ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् । विस्फोट आत्मघाती हमला भएको हुनसक्ने सुरक्षा निकायले जनाएको छ ।
उद्धार कार्य पूरा भएको र घाइते सबैलाई अस्पताल लगिएको अधिकारीहरूले बताएका छन् । १५ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
अफगानिस्तानको सीमा नजिक रहेको खार सहरमा हिजो भएको कार्यकर्ता सम्मेलनमा सयौं मानिसहरू सहभागी थिए । विष्फोटमा जमियातका क्षेत्रीय नेता मौलाना जियाउल्लाहको मृत्यु भएको बीबीसीले जनाएको छ ।
जमियात उलेमा सत्तागठबन्धनमा रहेको एक प्रमुख धार्मिक राजनीतिक दल हो । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटना इस्लाम, कुरान र पाकिस्तानको विरुद्धमा रहेकोले दोषीहरुले सजाए भोग्ने बताउनु भएको छ ।
अहिलेसम्म कसैले पनि घटनाको जिम्मा लिएको छैन । तर इस्लामिक स्टेट समूह (आईएस) ले सो क्षेत्रमा यसअघि पनि यस किसिमका घटनामा संलग्नता रहेको स्वीकार गर्दै आएको समाचारमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !