Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

भरतपुर भ्रमण वर्ष: ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
July 29, 2023
भरतपुर भ्रमण वर्ष: ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा
11
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

चितवन- भरतपुर भ्रमण, २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउन विभिन्न देशमा बसोबास गर्ने चितवनवासी र उनीहरुका विदेशी आफन्तलाई निमन्त्रणा गर्न लागिएको हो ।

भ्रमण वर्ष, २०२४ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सोम सापकोटाका अनुसार हालसम्म ५२ देशका चितवनवासीसँग प्रतिनिधिमूलक रुपमा सम्पर्क भइसकेको छ । गैरआवासीय नेपाली सङ्घका प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहनुभएका सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वयको काम गरिरहनुभएको छ ।

यसका लागि ‘साथीलाई घर पठाऔँ (सेन्ड होम अ फ्रेण्ड)’ नारा दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार सुरु गरिएको छ । सापकोटाका अनुसार विभिन्न देशमा नेपालीले सञ्चालन गरेका होटल, रेष्टुराँ, ग्रोसरीलगायतमा ‘भिजिट भरतपुर’ को ब्रोसर, पोष्टरलगायतका सामग्री राखिँदै छ । ती देशमा स्थानीय प्रतिनिधिसँग समन्वय गरी भ्रमणको निम्तो दिइँदै छ ।

विश्वभर रहेका चितवनवासीकाबीचमा समन्वय गरेर सन् २०२४ मा परिवारसहित आफ्नो घर फर्किन र सँगै काम गर्ने एवं चिनजान भएका त्यहाँका साथीभाइलाई यहाँ ल्याउन आग्रह गरिएको छ ।

सापकोटाले माल्टा, जापान र बेलायतका स्थानीय सरकारका प्रमुखलाई निमन्त्रण गरिसकिएको छ । अन्य देशमा निम्तो गर्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । नेपाल सरकार र पर्यटन बोर्डले विदेशमा आयोजना गर्ने कार्यक्रममा भरतपुर भ्रमणको प्रचारसमेत गर्ने कार्यक्रम राखिएको छ ।

चितवनवासी भएका देशमा राजदूतावासमा निम्ता दिनका लागि छोटा भिडियो, फोटोमार्फत प्रचार गरिँदै छ । विश्वका ७७ देशमा चितवनवासी भएको भन्दै उहाँले हालसम्म ५२ देशका चितवनवासीसँग सम्पर्क गरिएको र बाँकी देशमा सम्पर्कको क्रममा रहेको बताउनुभयो । यकिन तथ्याङ्क नभए पनि पाँच लाख हाराहारी चितवनवासी विदेशका विभिन्न देशमा रहेको अनुमान छ ।

भ्रमण वर्षको अवसरमा दुई लाखभन्दा बढी विदेशीलाई चितवन भित्र्याउने लक्ष्य लिइएको छ । सापकोटाका अनुसार गैरआवासीय नेपाली सङ्घको ९० देशमा समिति छ । विश्वका एक सय १८ देशमा नेपाली रहेको उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरुपमा मनाउने बताउनुभयो । छिमेकी देश भारत र चीनसँगै अन्य देशमा समेत व्यापकरुपमा प्रचारप्रसार गरी चितवन पर्यटक भित्र्याउने उहाँको भनाइ छ ।

विभिन्न समितिमार्फत् काम अघि बढिरहेको उहाँको भनाइ छ । भ्रमण वर्षको अवसरमा सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बस्न अनुरोधसमेत गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

देशकै मध्यभागमा रहेको पर्यटकीय दृष्टिले महत्वपूर्ण भरतपुरलाई ‘घुमौँ भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको हो । भ्रमण वर्षमा दुई लाख विदेशी र सात लाख स्वदेशी पर्यटक भित्र्याउन लागिएको उहाँको भनाइ छ ।

नेपाल र विदेशमा फरक–फरक समिति बनाएर काम अघि बढाइएको दाहालले जानकारी दिनुभयो । भ्रमण वर्षअघि नै भौतिक पूर्वाधारलगायतका काम यथाशीघ्र सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाइएको छ । भरतपुर महानगरलाई हरियाली बनाउन महानगरले बजेट विनियोजन गरी छिट्टै काम अघि बढाउँदै छ । महानगरभित्र ३० भन्दा बढी महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको भन्दै उहाँले ती गन्तव्यको प्रचारप्रसार गरी पर्यटकलाई घुमाइने बताउनुभयो ।

महानगरपालिकासँगै चितवन राष्ट्रिय निकुञ्ज जोडिएको छ । जुन विश्वमा परिचित छ । भरतपुर भ्रमण वर्षले भरतपुर मात्रै नभएर सिङ्गो चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दाहालको विश्वास छ ।

पछिलो समाचार

मिटरब्याज पीडितको समस्या समाधान गर्ने विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

अघिल्लो समाचार

समसामयिक राजनीतिक विषयमा शीर्षनेताबीच छलफल

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

5 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

6 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits