लामो समयदेखि स्थगित भिसा सेवा आइतबारदेखि शुरु भएको छ । अध्यागमन विभागले एक सूचना जारी गरी भिसा सेवा आजदेखि शुरु भएको जानकारी दिएको हो ।
सरकारले १६ भदौदेखि सिमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयअनुसार हाल सिमित संख्यामा दैनिक ८ सय जना यात्रुले अन्तर्राष्ट्रिय उडानको सुविधा लिइरहेका छन् ।
सरकारले अब अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै दैनिक ३ हजारसम्म यात्रुलाई सेवा दिने तयारी गरेसँगै विभागले पनि स्थगित भएको भिसा सेवा शुरु गर्ने निर्णय गरेको हो । भिसाको म्याद सकिएकालाई असोज ११ सम्म भिसा शुल्क मात्रै लिई नवीकरण गर्ने र कुनै पनि विलम्ब शुल्क नलाग्नेसमेत विभागले स्पष्ट पारेको छ ।
तपाईको प्रतिक्रिया !