Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

थप सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 30, 2023
थप सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय
10
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- मुलुकमा औद्योगिक वातावरण बनाउने र नयाँ उद्योग स्थापना गर्ने लक्ष्यका साथ सरकारले थप विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ ।

थप औद्योगिक ग्राम स्थापना हुने स्थानमा कालीकोटाको रास्कोट, नरहरिनाथ, बाँकेको राप्तिसोनारी, पाल्पाको रम्भा, अर्घाखाँचीको शितगङ्गा, पर्साको जगरनाथपुर र बाराको महागढीमाई नगरपालिकामा रहेका छन् । यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकले ती औद्यौगिक ग्राम स्थापना गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सार्वजनिक सडकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणापत्र अनुसार कानून तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै संयुक्त राष्ट्रसङ्घको आयोजनामा न्यूयोर्कमा आयोजना हुने दिगो विकासका लागि उच्चस्तरीय सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल गठन गरिएको छ ।

यस्तै, चीनको राजधानी बेइजिङमा आयोजना हुने विकास प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय अनुभव विषय सम्मेलनमा भाग लिनसमेत उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई नै स्वीकृत प्रदान गरिएको मन्त्री शर्माले बताउनुभयो ।

आगामी साउन ८ देखि १० सम्म संयुक्त अरब इमिरेट्सको अबुधावीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को क्षेत्रीय समितिको पाँचौँ बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिइएको छ ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माका अनुसार सरकारले रुपन्देहीको साविक खुदाबागर गाविसमा अवस्थित सरकारी जग्गा खुदाबागर आदर्श कलेजलाई लिजमा दिन स्वीकृति दिने तथा सिरहाको साविक लवटोली गाविसको जग्गा कर्जन्हा नगरपालिकालाई १५ शय्याको आधारभूत अस्पताल निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।

ललितपुरको साबिक झरुवाराशीको सरकारी जग्गा तथा सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति प्रदान गरिएको छ ।

जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम गुर्भाकोट नगरपालिका सुर्खेत, मङ्गला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका सङ्खुवासभा, गुजरा नगरपालिका रौतहट, मुसिकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिइएको छ ।

त्यस्तै बैठकले अजरबैजानको बाकुमा यही असार २० देखि २१ गतेसम्म आयोजना हुने असल राष्ट्रको मन्त्रिस्तरीय बैठक र असार १८ देखि १९ मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ ।

सरकारले यही असार २० देखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसानमा आयोजना हुने एक अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

त्यस्तै, सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सवारी तथा यातायात व्यवस्था (नवौँ संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले उल्लेख गर्नुभयो ।

पछिलो समाचार

इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा

अघिल्लो समाचार

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits