५१औं विश्व वातावरण दिवसको अवसर पारेर धनुषामा पालिकास्तरीय वक्तित्वकला तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ ।
लुथर्न विश्व फेडरेशनको सहयोग तथा शहीदनगर नगरपालिकाको समन्वयमा आसमान नेपालले आयोजना गरेको सो प्रतियोगितामा उत्कृष्ट गरेका छात्रछात्राहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै जनता समाजवादी पार्टी(जसपा) मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक रामअशिष यादवले जलवायु परिवर्तनको असर न्युनीकरण गर्नको लागि सार्वजनिक स्थलमा वृक्षारोपन र वृक्ष संरक्षणलाई अभियानको रुपमा संचालन गर्नुपर्नेमा जोड दिए ।
मानव सभ्यताको लागि वातावरण संरक्षण आवश्यक रहेको छ, उनले भने–यसको लागि सबैले हातेमालो गर्नुपर्छ ।
शहीदनगर नगरपालिकाको जनता निम्नमाध्यमिक विद्यालय कुम्भकर्णका प्राधानाध्यापक मोहन यादवको अध्यक्षतामा भएको सो प्रतियोगितामा वातावरण संरक्षणका लागि प्रदुषण, जमिन प्रदुषण र वायु प्रदुषण नियन्त्रण गर्न सामुहिक संकल्प लिएर अघि बढनुको विकल्प नरहेको प्रदेशसभा सदस्य यादवले बताए । वातावरण संरक्षणमा सक्रिय सहभागिता सबैको लागि आवश्यक रहेको उनले बताए ।
सो अवसरमा शहीदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव, उपप्रमुख सुनिता सिंह लगायतले आ आप्mनो धारणा राखेका थिए ।
वक्तित्वकला तथा चित्रकला प्रतियोगितामा शहीदनगर नगरपालिकाका ३१ वटा विद्यालयका छात्रछात्राहरुको सहभागीता रहेको थियो । जिल्लाको शहीदनगर नगरपालिकामा सोमबार दीगो प्रकृतिमैत्री जीवनयापन नाराका साथ आयोजना गरिएको वक्तित्वकला तथा चित्रकला प्रतियोगितामा छात्रछात्राहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
वक्तित्वकला प्रतियोगितातर्पm आवि गोठकोहाकी नेहा कुमारी यादवले प्रथम, मावि महुलियाका आशिक कुमार यादव द्धित्तिय र मावि कुम्भकर्णकी रिशु कुमारी यादव तृत्तिय भइन् । उनीहरुलाई आयोजकको तर्पmबाट शैक्षिक सामग्रीसहितको पुरस्कार अतिथिहरुले प्रदान गरेका थिए ।
यस्तै चित्रकलातर्पm यदुकोहा गोठकाहा मावि कक्षा ८ की सपना कुमारी शर्मा प्रथम, कुम्भकर्ण मावि कक्षा ७ की सुनिता कुमारी महरा द्धितिय र जनता मावि नाथपटी कक्षा ८ की राधिका कुमारी दासले तृत्तिय भइन् ।
तपाईको प्रतिक्रिया !