जनकपुरमा कोरोनाबाट थप एक जनाको मृत्यू भएको छ । उनको शुक्रबार नै मृत्यू भएको स्थानीय प्रशासनले जनाएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मुरलीचोक बस्ने बर्ष ६० का एक पुरुषको कोरोनाका कारण मृत्यू भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले जनाएका छन् ।
मिश्रका अनुसार, स्वासप्रश्वासमा समस्या आएपछि गत भदौ १९ गते नै अस्पताल भर्ना भएका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उनमा कोरोनाको शँका लागी भदौ २२ गते स्वाब सँकलन गरी भदौ २३ गते मृतकमा कोरोना पोजिटिभ देखाएको जनाइएको छ । कोरोना पोजिटिभपछि उनलाई भेन्टिलेटरबाट कोरोना अस्पताल सारिएको र उपचारको क्रममै उनको भदौ २६ गते शुक्रबार उनको मृत्यू भएको जनाइएको छ ।
उनको मृत्यूपछि महेन्द्रनगर स्थित रहेको श्रीनाथ गणबाट खटेको कोभिड १९ शव व्यवस्थापन टीमले उनको शवलाई दुधमती नदीको किनारमा शव व्यवस्थापन गरेको हो ।
source: enewsbureau.com
तपाईको प्रतिक्रिया !