Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 27, 2023
अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’
10
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल सावित भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ ।

हालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत यसले उत्कृष्ट चलचित्रसँगै निर्देशक, लेखनसहित बालकलाकार दिनेश खत्रीले अवार्ड जित्नुभयो ।

“हाम्रो कामलाई विश्वले हेर्नुभएको छ । हेरेर यसले दिएको सन्देशलाई महसुस गर्दै स्वीकार्नुभएको छ । हाम्रो निमित यो नै ठूलो अवार्ड हो”, निर्देशक सुजित बिडारीले भन्नुभयो, “चलचित्रले ग्रामीण भेगको एउटा सामान्य परिवारको कथा भनेको छ । यसमा मेरो बालापनलाई समेत महसुस गर्ने गरेको छु ।”

छ–सात पेजमा कथा बनाएका उहाँले आफ्नो समाजको भोगाइ नलेख्ने भनेर सुरुआत गरेको बताउनुभयो । “चलचित्र बनाउने कि नबनाउने भन्ने दुविधा हुँदा नै मैले पढ्न दिएकाले पचासको दशकमा सबैको भोगाइ रहेको प्रतिक्रिया दिएपछि ठूलोपर्दामा ल्याउने तयारी गरेको थिए । अहिले विभिन्न अवार्ड समारोहमा पाउने वाहवाहीले त्यो समयको मेहनतलाई बिर्साएको छ”, निर्देशक बिडारीले भन्नुभयो ।

उहाँले यसअघि १४ मिनेट लामो लघु चलचित्र ‘सावित्री’को लेखन तथा निर्देशन गर्नुभएको थियो । पहाडी जिल्लाको गाउँमा बसोबास गर्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ ।

झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन नसक्ने सन्दर्भलाई प्रस्तुत गरिएको चलचित्रमा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली चलचित्र बनेको ‘ऐना झ्यालको पुतली’ ले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो ।

चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको चलचित्रले भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट चलचित्रसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा अवार्ड जितेको थियो । यो चलचित्र हालै सम्पन्न ९५ औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) का लागि नेपालबाट सिफारिस भएको थियो ।

पछिलो समाचार

लुम्बिनी प्रदेश : नयाँ सरकार गठनको पहल

अघिल्लो समाचार

नेपाली भान्सामा बिद्युतीय चुल्होको प्रयोग बढ्दै, एलपी ग्यास आयातमा कमी

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits