Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

अदुवाको बीउमै पनि दुई करोड भ्रष्टाचार

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 24, 2023
अदुवाको बीउमै पनि दुई करोड भ्रष्टाचार
10
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- किसानलाई आर्थिकरूपमा सबल बनाउने र कृषि उत्पादन बढाउने नाममा स्थानीय सरकार र कर्मचारीले मिलेर सरकारी स्रोतको दुरुपयोग गरेको घटना यत्रतत्र सार्वजनिक हुने गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको एउटा मुद्दाले पनि सोही कुराको पुष्टि गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा पनि यस्तै भएको छ ।

अदुवाको बीउ खरिद लागत अनुमान कानूनबमोजिम नभएको भनी परेको उजुरीमाथि छानविन गर्दा नगरपालिकाका प्रमुख, प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीसमेत भ्रष्टाचारमा संलग्न भएको पाइएको छ ।

अस्वाभाविकरूपमा अदुवा खरिदका लागि दररेट तय गरेर नगरपालिकालाई गैरकानूनीरूपमा हानि पुर्‍याएको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख भूपराज अधिकारीविरुद्ध १३ लाख रुपैया बराबरको बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यस्तै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी, तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेसिफिकेशनमा उल्लेखित कागजातको परीक्षण नै नगरी अदुवाको बीउ खरिद गरी भुक्तानीका लागि आदेश दिएको पाइएको छ ।

उनीहरूले पटकपटक गरी दुई करोड १४ लाख ५० हजार रुपैया बराबरको भुक्तानी दिएको पाइएको छ । यस्तै अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्सका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध पनि दुई करोड १० लाख ७० हजार चार सय ९९ रुपैया बराबरको बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

पछिलो समाचार

सोनाम ल्होछारमा टुँडिखेलमा जे देखियो….(फोटो फिचर)

अघिल्लो समाचार

काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

तपाईको प्रतिक्रिया !

ताजा समाचार

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

5 days ago
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

5 days ago
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

1 week ago
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

1 week ago
काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

1 week ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits