Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

राष्ट्रिय नवप्रवर्तन सम्मेलन माघ १० मा हुने

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 21, 2023
राष्ट्रिय नवप्रवर्तन सम्मेलन माघ १० मा हुने
14
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा आगामी माघ १० गते मङ्गलबार सम्मेलन आयोजना हुन लागेको हो । प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र यससम्बन्धी नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्क जस्ता विषयमा सम्मेलनमा छलफल हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राविधिक अधिकृत डा ईश्वर बज्राचार्यले देशमा अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, यससम्बन्धी प्रतिभालाई एक ठाउँमा ल्याउन र उनीहरुको भूमिका विस्तार गर्न र विश्व नवप्रवर्तन सूचकाङ्कमा नेपालको स्थान सुधार गर्न सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रमले प्राज्ञिक क्षेत्र सरकार र सेवा क्षेत्रमा क्रियाशील अभ्यासकर्तालाई एक ठाउँमा ल्याउने विश्वास लिएको उहाँको भनाई छ । डा बज्राचार्यले सम्मेलनमा यस क्षेत्रमा क्रियाशील प्रतिभा दर्शनका साथै नवप्रवर्तक र लगानीकर्ताहरुलाई प्रोत्साहन गरिने बताउनुभयो । प्रतिष्ठानका विषय प्राविधिक डा रवीन्द्रप्रसाद ढकालले यस्ता सम्मेलनले नवप्रवर्तकहरुलाई आफ्नो काममा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनले अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हाँसिल गर्न, नवप्रवर्तनका प्रतिभालाई एक ठाउँमा ल्याउन र उनीहरुको भुमिका बिस्तार गर्न सहयोग गर्ने बताउनुभयो ।

सम्मेलनले सरकार, उद्योग र शैक्षिक क्षेत्रलाई एक ठाउँमा ल्याउने उदेश्य राखेको आयोजकले बताएको छ । देशमा विज्ञान तथा प्रविधि क्षेत्रको विकासलाई सही दिशा प्रदान गर्ने उदेश्यले सुरु गर्ने सम्मेलनमा सातै प्रदेशबाट २० वटा नवप्रवर्तनको प्रदर्शनी रहने आयोजकले जनाएको छ ।

पछिलो समाचार

आज उपसभामुख निर्वाचन

अघिल्लो समाचार

कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits