मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले ऐतिहासिक र अदभुत विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्री यादवले प्रदेश सभाको सवै दल र सबै सासदको विश्वासको मत पाएर मधेश प्रदेश सभाको ईतिहासमा नयाँ रेकर्ड दर्ज गराएका हुन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिने वेलामा सभामा उपस्थित १०२ सासद मध्ये मत विभाजन हुदाँ १ सय २ जना सासदले नै पक्षमा मतदान गरि विश्वासको मत दिएका हुन् ।अर्थात मुख्यमन्त्री यादवले सय सयमा प्रतिशत विश्वासका मत पाएका हुन् ।
मधेश प्रदेशका विपक्ष दल नेपाली कांग्रेस,नेकपा एकिकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत दिएको छ ।
काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले संघियतालाई संस्थागत विकास र सरकारलाई अस्थिरताबाट जोगाउन विश्वासको मत दिएको बताए । विश्वासको मत दिएरपनि आफ्नो पार्टी प्रदेश सभामा प्रमुख प्रतिपक्षको भुमिकामा रहने नेता यादवले बताए ।
नेकपा एस, नागरिक उन्नमुक्ति पार्टीले पनि संघियतालाई स्थायित्व दिने उदेश्यले विश्वासको मत दिएको जनाएको छ । यसरी वर्तमान मुख्यमन्त्रीलाई सत्तारुढ गठबन्धन दलहरु जसपा,नेकपा एमाले, माओवादी केन्द्र, जनमत, लोसपा, नेपाल संघिय समाजवादी पार्टी, राप्रपाका साथै विपक्षी दल काँग्रेस, नेकपा एस, नागरिक उन्नमुक्ति पार्टी र स्वान्त्र निर्वाचित सासदहरुले पनि विश्वासको मत दिएका छन् । यसैबीच, विश्वासको मत लिने क्रममा सभामा उठेका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री यादवले आफुले मधेशलाई भष्टाचार मुक्त र सुशासन कायम गर्ने पहिलो प्राथमिकतामा राखेको बताए । उनले गत वर्ष काम भएरपनि भुक्तानि हुन बाँकी रहेका योजनाहरुको भुक्तानि गराउन १५ दिन भित्रमा पहल गर्ने समेत प्रतिवद्धता जनाए । प्रदेश सरकारले विगत पाँच वर्षमा भएका कामहरुको अनुगमन गरि योजना अनुसार नभएको पाईयोमा कारर्वाही गर्ने समेत चेतावनि दिए ।
मुख्यमन्त्री यादवले सबैको साथ सबैको विश्वास लिएर कामलाई अगाडी बढाउने बताए ।
तपाईको प्रतिक्रिया !